२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाेलखाका वन अधिकृत सन्तमाया श्रेष्ठले घुस लिए, मुद्दा दायर



अ+ अ-

काठमाडाैंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह) सन्तमाया श्रेष्ठले काठ व्यापार गर्ने व्यापारीहरुसँग घुस/रिसवत लिएकाे भन्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेकाे छ ।

श्रेष्ठले सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगकाे कार्यालय टंगालबाट खटिई गएको टोलीले निज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

उनले काठ व्यवसायीहरूलाई अनुचित प्रभावमा पारी घुस/रिसवत दिन वाध्य पारी सो वापत रकम २ लाख ३ लाख ५०० लिएकाे र त्याे रकम आयोगले बरामद गरेकाे थियाे । श्रेष्ठबाट उक्त रकम जफत गरी कानुन बमाेजिम मुद्दा दायर गरिएकाे पनि आयोगले जनाएकाे छ ।