१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

‘रेडजोन’ नरैनापुरमा कपडा मास्कको भरमा खटिएका प्रहरी

‘रेडजोन’ नरैनापुरमा कपडा मास्कको भरमा खटिएका प्रहरी
अ अ+ अ-

नेपालगन्ज । देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनीसँगै कोरोना परीक्षण गरेका २३ जना प्रहरीमध्ये धेरै जनाको रिपोेर्ट अझै आउन बाँकी रहेको प्रमुख ओलीले बताए। नरैनापुर गाउँपालिकामा शनिबारसम्म एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने एक जना २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भइसकेको छ। केही दिनदेखि नरैनापुरमा संक्रमितलाई नेपालगन्जको आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेका छन्।

कोरोना संक्रमितहरू पनि आइसोलेसनमा आउन नमानेर भाग्न खोजिरहेका छन्। उनीहरूको भीड नियन्त्रण गर्न प्रहरी खटेका छन्। यसरी खटेका नेपाल प्रहरीसँग राम्रो मास्क नै छैन। डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्रहरीसँग त्यस्तो मास्क छैन। न त उनीहरूसँग स्यानिटाइजर नै छ। प्रहरी प्रमुख ओली नै प्रहरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन्। झन्डै एक सयको संख्यामा रहेको प्रहरीलाई जिल्लाले मुस्किलले तीन चार वटामात्र एनके ९५ मास्क र निकै थोरै मात्रामा सर्जिकल मास्क पठाइएको जिप्रकाले जनाएको छ।

‘ड्यूटीमा खटेका प्रहरी कपडाको मास्क लगाएका हुन्छन्। संक्रमित नै झम्टिन आउँछन्। जोगिएर बस्नुपरेको छ,’ ओली भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी जोखिम नै जोखिममा काम गरिरहेका छन्।’ शुक्रबार नरैनापुरमा १३ जना संक्रमित पुष्टि भए। उनीहरूलाई नेपालगन्ज ल्याउने क्रममा राति ८ः४५ बजेतिर ९ जना संक्रमित एम्बुलेन्समा आउन नमानेर गाउँमा भागे। उनीहरूलाई लैजान नदिन ठूलो संख्यामा गाउँलेहरूले विरोधमा उत्रिए।

संक्रमित र गाउँले एकै ठाउँमा भए प्रहरीलाई भीड नियन्त्रण गर्न र भागेका संक्रमितको खोजी गर्न हम्मेहम्मे पर्‍यो। ओलीकाअनुसार अन्तिम एक जनालाई खोजी गरेर ल्याउँदा शनिबार बिहानको ३ः१० भएको थियो। भाग्ने संक्रमितले स्थानीयलाई त जोखिममा पारे नै। उनीहरूको खोेजी गर्न गएका प्रहरी पनि जोखिममा परेका छन्। ‘कोरोनाको जोखिममा पनि रातभरी सुत्न पाएनौं,’ एक प्रहरी अधिकृतले गुनासो गरे, ‘कपडाकै मास्क लगाएर प्रहरीले कोरोना संक्रमितलाई गाउँ–गाउँ गएर खोजी गरे।’

४ जेठमा नरैनापुर ५ भोजभगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा एक जना संक्रमितको मृत्यु हुँदा स्थानीयले विरोध सुरु गरेका थिए। मृतकको अन्तिम संस्कारमा पनि सुरक्षाकर्मी नै खटेका थिए। अर्को दिन ५९ जनालाई नेपालगन्जको आइसोलेसनमा ल्याउने क्रममा पनि स्थानीय विरोधमा उत्रिएका थिए। संक्रमितले पनि प्रहरीलाई कोरोना सार्ने भन्दै धम्की दिएका थिए। अन्नपुर्णपोष्ट दैनिक