१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

भारतले दशगजानजिक सडक निर्माण पुनः अघि बढायो

भारतले दशगजानजिक सडक निर्माण पुनः अघि बढायो
अ अ+ अ-

भैरहवा । भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा पुनस् अघि बढेको हो । रोहिणी गाउँपालिका–५, इमिलिहवा र वडा ६ को बुची गाउँसँग जोडिएको दशगजापारि भारत सरकारले फराकिलो सडक निर्माण गरिरहेको छ । सडक निर्माणपछि पानीको बहाव थुनिएर आफ्नो गाउँ डुबानमा पर्ने चिन्ता वारिपट्टिका नेपालीमा रहेको छ । रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले निर्माणाधीन सडकले ठूलो पानी परेका बेला नेपाली भूभाग डुबानमा पर्ने बताए । ‘सडक जति अग्लो हुन्छ, त्यति धेरै नेपाली जमिन डुबानमा पर्छ,’ उनले भने, ‘भारतीय पक्षबाट दुवै मुलुकका सीमावर्ती स्थानीयसँग समन्वय र छलफल गरेर सडक निर्माण गरेको भए हुन्थ्यो ।’ उनले सीमा क्षेत्रमा बन्ने संरचनाले कहाँ कहाँ धेरै डुबान हुन्छ, त्यहाँबाट कसरी पानीलाई निकास दिन सकिन्छ भन्ने विषयमा बेलैमा छलफल गर्न जरुरी रहेको बताए ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका अनुसार अहिले उक्त सडक निर्माणमा ३०/३५ जना मजदुर खटिने गरेका छन् । ‘पहिल्यै बनाएको सडकको संरचनामा ठाउँठाउँमा माटो हाल्ने र सम्याउने काम भइरहेको छ,’ सीमामा तैनाथ नेपाल प्रहरीका एक अधिकृतले भने, ‘डोजरले खनेको, ट्रयाक्टरले माटो ओसारेको र रोलरले मिलाएको देखिन्छ ।’ भारतीय प्रधानमन्त्री सडक परियोजनाअन्तर्गत उक्त सडक ४ लेनको बनाइँदै छ । सडक निर्माणका क्रममा अधिग्रहणमा परेको जमिनलाई भारत सरकारले प्रतिएकड (१२ कट्ठा) ४५ लाख रुपैयाँका दरले मुआब्जा प्रदान गरेको छ । जुन चलनचल्ती भन्दा धेरै राम्रो मूल्य हो ।

अन्तर्राष्ट्रिय सन्धिरसम्झौताअनुसार दशगजानजिक नदीनालाको प्राकृतिक बहावमा असर पुग्ने र मानवीय एवं प्राकृतिक रूपले असर पुग्ने गरी दुवै मुलुकतर्फ ८/८ किमि दूरीमा भौतिक संरचना निर्माण गर्दा एकअर्का मुलुकको सहमति चाहिन्छ । तर भारतले यहाँ सडक बनाउदा नेपालसँग समन्वय गरेको छैन । संरचना निर्माणबारे यताका प्रशासनिक निकाय र स्थानीय जनप्रतिनिधिलाई पनि भारतले जानकारी गराएको छैन । नवलपरासी र रूपन्देहीको सिमाना माहुखोलादेखि पश्चिम दशगजामा रहेको सीमा स्तम्भ नम्बर ५१० देखि ५१३ सम्मको दूरीमा सडक निर्माण भइरहेको छ । यस खण्डमा कतै १ सय मिटर, कतै २ सय र कतै ५० मिटर गरी टुक्राटुक्रामा निर्माण भइरहेको छ । निर्माणाधीन सडक केही स्थानमा दशगजाबाट ६० मिटर दूरीमा छन् । कतै १ सय मिटर टाढा बनिरहेको छ । निर्माणाधीन सडकको रेखदेख भारतीय अर्धसैनिक बल एसएसबीले गरिरहेको छ ।

रोहिणी–५, इमिलिहवाका दलसिंह यादवले निर्माणाधीन सडकका विषयमा नेपाल र भारत सरकारले तत्काल कुराकानी गर्नुपर्ने बताए । ‘सडकका कारण वर्षायाममा हाम्रो घर र खेत डुबानमा पार्ने निश्चित छ,’ उनले भने । उनका अनुसार सडक निर्माणमा खटिएका भारतीय प्राविधिकले प्रत्येक ३ सय मिटर दूरीमा पानीको निकासका लागि ठूलो साइजको ‘ह्युमपाइप’ राख्ने आश्वासन दिएका छन् । ‘प्राकृतिक बहाव रोकिएकाले जति ठूला ह्युमपाइप र नाली बनाए पनि डुबान हुन्छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको विषयमा गृह मन्त्रालयमा जानकारी दिइएको बताए । ‘गृह र परराष्ट्र मन्त्रालयबीच पत्राचार भइसकेको हुनुपर्छ,’ उनले भने । कान्तिपुर दैनिक