१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

सरकारले विदेशमा अलपत्र रहेका २५ हजार नेपालीहरुको उद्धार गर्ने

सरकारले विदेशमा अलपत्र रहेका २५ हजार नेपालीहरुको उद्धार गर्ने
अ अ+ अ-

काठमाडौं । सरकारले तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फिर्ता ल्याउने भएको छ । भारत, बंगलादेश र खाडी मुलुक लगायतका देशमा रहेकालाई पहिलो प्राथमिकतामा स्वदेश फिर्ता ल्याउन लागिएको हो । सरकारले विभिन्न चरणमा गरेर नेपालीको उद्धार गर्ने नीति तर्जुमा गर्दै पहिलो चरणमा जोखिममा परेका, टिकट लिएर आउन नपाएका, विभिन्न आरोप लागेर आम माफी पाएकाहरुलाई ल्याउने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले उद्धारको मोडालिटी बनाउदै निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेको छ । उद्धार गरि ल्याएकालाई नेपाली सेनाले व्यवस्थापन गर्ने र सम्वन्धित स्थानीय तहमा पठाउने छ । समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गरिएको बताए । उनले यद्यपी केही विषय टुंगोमा पुग्न बाँकी रहेकाले मन्त्रिपरिषद्ले नै अन्तिम निर्णय गर्ने जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार विहान बोलाइएको छ । सो बैठकमा उद्धारका विषयमा छलफल हुने र महत्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमश ल्याउने ढंगको योजना बनाएको छ । उद्धार गरेपछि आएकालाई बस्नका लागि स्थानीय तहका सबै वडामा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव समेत दिएको छ । काठमाडौं विमानस्थलमा ल्याएपछि उनिहरुको स्वास्थ्य चेकजाँच गर्ने र सिधै क्वारेन्टाइनमा पठाइने भएको छ । परराष्ट्र मन्त्रालयले भने सकेसम्म उनिहरु भएकै देशमा कोरोनाको चेकजाँच गर्ने तयारी गरेको छ । त्यसका लागि विभिन्न देशसँग छलफल भईरहेको जनाएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले प्राथमिकताको आधारमा पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिए । ‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन । हामीले नेपालीहरु भएका देशका सरकारसँग विभिन्न तरिकाले कुराकानी गरिरहेका छौं’ मन्त्री ज्ञवालीले भने, ‘अहिले जोखिममा परेका, टिकट लिएर आउन नपाएका, विभिन्न आरोप लागेर आम माफी पाएकाहरुलाई पहिलो चरणमा ल्याउन लागिएको हो ।’

क्वारोन्टाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्यांक राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुने गरी कार्ययोजना तयार गरिएकाृे छ । त्यस्तै क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीय तहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना बनाइएको एक सदस्यले जानकारी दिए । सरकारले कहिलेबाट उद्धारको प्रक्रिया शुरु गर्ने भनेर मिति भने तोक्न सकेको छैन । पहिले आन्तरिक रुपमा तयारी पुरा गरेपछि उद्धारको प्रक्रिया शुरु गरिने भएको हो । उद्धार गर्दा पनि विमानको टिकट भने नेपाल आउन चाहानेले नै तिनुपर्ने प्रस्ताव गरिएको छ । आर्थिक रुपमा निक्कै खराव अवस्थामा रहेकालाई भने सरकारले आफ्नै खर्चमा उद्धार गरेर ल्याउनुपर्ने सुझाव समेत दिइएको छ ।

उद्धार गर्नुअघि सरकारले विदेशमा रहेकाहरुलाई रोजगारीमा निरन्तरता दिनका लागि सम्बन्धित देशहरुसँग कुराकानी समेत गरिरहेको छ । सरकारसँग स्रोतसाधनको कमी भएकाले आउन चाहने सबैलाई एकैपटक ल्याउन नसिकने भएकाले रोजगारीमा राख्न सक्ने जतिलाई राख्न अनुरोध गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । विदेशमा करिव ४५ लाख नेपाली रहेको अनुमान गरिएको छ । त्यसमध्ये करिव १३ लाख नेपाली स्वदेश फर्कन सक्ने आकलन सरकारले गरेको छ । सौर्य दैनिक