१४ असार २०८३, आईतवार
,
Latest
कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालको आईसीयूमा एक जनाको मृत्यु



अ+ अ-

चितवन ।  कोरोना संक्रमितको उपचार गर्नका लागि भरतपुर अस्पतालमा तयार गरिएको एक बिरामीको आईसीयूमा मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले भने बिरामीमा निमोनियाको समस्या देखिएको बताएका छन् । ‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्‍यौं तर बचाउन सकिएन’ डा. पौडेलले भने ।

बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको शव आईसीयूमा नै रहेको छ ।




भर्खरै