१४ असार २०८३, आईतवार
,
Latest
कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० प्रतिशत भ्याट छुट दिन डेरी व्यवसायीकाे माग



अ+ अ-

काठमाडाैंः डेरी उद्योगीहरुले दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने माग गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले पहिला दिदै आएको ५० प्रतिशत भ्याट छुट फेरी दिनुपर्ने बताउनुभयो ।

पछिल्लो केही वर्ष यता सरकारले डेरी उद्योगहरुलाई दिदै आएको भ्याट छुट रोकेको थियो । यस्तै विद्युत महसुलमा समेत ५० प्रतिशत छुट पाउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् । उहाँले लकडाउनका कारण दुध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दुध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवस्यकता रहेको बताउनुभयो ।

यस्तै लकडाउन पछि डेरी उद्योग सञ्चालन गर्न र किसानलाई भुक्तानी गर्न चालु पूँजीको अभाव हुने भएकोले सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरुको रहेको उहाँले बताउनुभयो । यसबाहेक कर्जाको पुर्नतालिकिकरण गर्न समेत महासचिव दाहालले माग गर्नुभयो । सरकारले व्यवसायी र किसान दुवै पक्षलाई राहत नदिए लकडाउनपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको समेत उहाँले बताउनुभयो ।

देशभर दैनिक ६२ लाख दुध उत्पादन हुन्छ । जसमध्ये ३१ लख लिटर दुध बजारमा आउँछ । त्यस मध्ये पनि करिब १७ प्रतिशत मात्र औपचारिक डेरी उद्योगबाट बजारमा दुध आउने गरेको छ । बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुल्ला रुपमा बजारमा आउने गर्छ ।

पछिल्लो समय लकडाउन भएपछि करिब ८० प्रतिशत दुधको बजार बन्द भएको छ । जसका कारण डेरीसँग भएको करिब ५ अर्ब रुपैयाँ बराबरको दुधको स्टक विक्री हुन सकेको छैन् । यस्तै दुध संकलन हुन नसक्दा ३ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको दाहालले बताउनुभयो ।




भर्खरै