२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदकाे प्रश्नः अप्टिकल फाइबर बिछ्याउन किन ढिला भयाे ?



अ+ अ-

काठमाडाैंः प्रदेश नम्बर १, २ र बागमती प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम समयमै सम्पन्न नभएकाेमा असन्ताेष प्रकट गर्दै संसदीय समितिले सञ्चार मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई तत्काल उक्त कार्य सम्पन्न गर्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबारको बैठकले मध्यपहाडी लोकमार्ग र जिल्ला सदरमुकामहरुमा २ वर्षभित्र फाइबर विच्छाउने सम्झौता भएपनि सन्तोषजनक काम नभएको भन्दै यस्तो निर्देशन दिएको हो ।

सम्झौता अनुसारको निर्माण कार्यप्रगति न्यून देखिएको उल्लेख गर्दै समितिले स्पष्ट कार्य योजना बनाएर गुणस्तरिय रुपमा काम गर्न सूचना तथा सञ्चारप्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

समितिले आगामी आर्थिक वर्षमा देशका सबैजिल्लामा रहेको स्थानीय तह र वडाहरुमा रहेका शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा विस्तार गर्नेगरी योजना प्राथमिकतामा राख्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताउनुभयो । अहिले देशका ४१ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ ।

समितिले शिक्षा, उद्योग लगायत राज्यका हरेक क्षेत्रका संरचनालाई प्रविधिमैत्री बनाउने योजनामा पनि काम गर्न निर्देशन दिएको छ । महामारी छ भनेर काम ठप्प राख्ने अवस्था नभएकाले लक डाउनको पालना गरी सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्न पनि निर्देशन दिएको छ । काम सञ्चालन गर्दा गुणस्तर र मूल्यमा सम्झौता नगर्न समितिले चेतावनी समेत दिएको छ ।

समितिले कोभिड—१९ ले देशमा बेरोजगारीको अवस्था निर्माण गरी आर्थिक मन्दी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादन र जनशक्ति परिचालन गरी काम गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ ।