१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौँ टेस्टमा इङ्ल्यान्डमाथि भारतको रोमाञ्चक जित, बराबरीमा टुङ्गियो शृङ्खला



अ+ अ-

एजेन्सी । ओभल टेस्टको अन्तिम दिन भारतले इङ्ल्यान्डलाई ६ रनले पराजित गरेको छ ।

लण्डनमा ३७४ रनको लक्ष्य पछ्याएको घरेटुलु टोली इङ्ल्यान्ड ३६७ रनमा अलआउट भयो । अन्तिम दिन जितका लागि मात्र ३५ रन चाहिएपनि इंल्यान्डले २८ रन जोड्दै बाँकी ४ विकेट गुमाएको थियो । यससँगै ५ खेलको एन्डरसन-तेन्डुलकर ट्रफी २-२ को बराबरी भएको छ ।

बिहीबार ओभलमा भएको खेलमा इङ्ग्ल्याण्डले बलिङ गर्ने निर्णय गरेको थियो । पहिलो इनिङमा भारतले २२४ र इङ्ग्ल्याण्डले २४७ रन बनाएको थियो । २३ रनले पछि परेको भारतले दोस्रो इनिङमा ३९६ रन बनाएको थियो । इङ्ग्ल्याण्डलाई ३७४ रनको लक्ष्य दिइएको थियो । टोलीले ३ विकेट गुमाएर ३०० रन बनाएको थियो । त्यसपछि ह्यारी ब्रुक शतक प्रहार गर्दै आउट भए । यहाँबाट भारतले ३५४ सम्म इङ्ल्यान्डको ८ विकेट लिएको थियो ।

पाँचौं दिन आयोजक इङ्ल्यान्डले जितका लागि ३५ रन बनाउनुपर्ने थियो । टोलीका गुस एटिङसनले १७ रन बनाएर जितका लागि संघर्ष गरेपनि पर्याप्त भएन । उनीहरूले २८ रन मात्र बनाउन सके र खेल ६ रनले हारे।

इंल्यान्डलाई सस्तैमा समेट्न मोहमद सिराजले ५ विकेट लिए । प्रशिद्ध कृष्णाले ४ जनालाई आउट गरे । आकाश दीपको नाममा एक विकेट रह्यो ।

भारतले शृङ्खलाको दोस्रो र पाँचौं टेस्ट जित्यो भने इङ्ल्यान्डले पहिलो र तेस्रो टेस्ट जित्यो । चौथो टेस्ट बराबरीमा सकियो।