१४ असार २०८३, आईतवार
,
Latest
आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीका क्वारेन्टिन खचाखच भरिँदै



अ+ अ-

महोत्तरी । भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पुर्याइएको छ । एक हजार ८४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म ३७ महिलासहित एक हजार ५५३ शङ्कास्पद व्यक्ति बसिरहेका जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्ला पाँच दिनभित्र एक हजारभन्दा बढी सङ्ख्या क्वारेन्टिन केन्द्रमा थपिएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्ति जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । यसबाहेक घरमै स्वास्थ्यकर्मीको रेखदेखमा १८२ क्वारेन्टिनमा छन् ।

जिल्लामा सबैभन्दा बढी भारतीय सीमावर्ती सम्सी गाउँपालिकाका पाँच केन्द्रमा गरी ३९० छन् । त्यसैगरी जिल्लाको उत्तर मधयवर्ती भङ्गाहा नगरपालिकाका चार केन्द्रमा गरी १७८, सोनमा गाउँपालिकामा १३०, मनराशिशवा नगरपालिकामा १२० र जलेश्वर नगरपालिकाका केन्द्रमा ९१ जना रहेका छन् । यसबाहेक जिल्लाका सबैजसो क्वारेन्टिन केन्द्रमा भारतबाट घर फर्केकाहरु थपिँदैछन् । फर्कनेहरु आफ्नै बस्ती छेउको (आफ्नै स्थानीय तहको) केन्द्रमा बस्न चाहँदा कतै श्ययाको अभाव र कतै केही श्यया खाली रहेको स्थिति छ । जिल्लाका १५ वटै स्थानीय तहका केन्द्रमा मान्छे थपिने क्रम ह्वात्तै बढेको हो ।

जिल्लामा क्वारेन्टिन केन्द्रमा मानिस थपिदै गए पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलनको गति धिमा (सुस्त) देखिएको छ । जिल्लामा सोमबारसम्म २६९ जनाको मात्र स्वाब सङ्कलन हुनसकेको जनस्वास्थ्य निरीक्षक झाले बताउनुभयो । स्वाब सङ्कलन गर्न आवश्यक सामग्री र पूर्वतयारी हुन नसक्दा अपेक्षित गति लिन नसकेको कार्यालयको निष्कर्ष छ । पिसीआर पद्धतिबाट जाँच गरिएमध्ये जिल्लाका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि यी चारै जनाको स्वाब सङ्कलन भने जिल्ला बाहिर नै भएको हो । जिल्लाको जलेश्वर नगरपालिका–३ खैराका एकै परिवारका तीन जनामा  सोमबार आरडिटी पोजेटिभ पाइएको छ । तीनै जनालाई जलेश्वर अस्पतालको आइसोलेसनमा राखेर थप जाँच प्रक्रिया बढाइएको कार्यालयले जनाएको छ ।

जिल्लामा जलेश्वर अस्पतालमा ३० र नेपाली सेनाको रणभीम गणमा छ समेत गरी जम्मा ३६ आइसोलेसन श्यया छन् । आइसोलेसनमा हाल तीन जना रहेका कार्यालयले स्पष्ट पारेको छ ।यसैबीच दिनदिनै भारतबाट घर फर्कनेहरुको लाम बढ्दै गएसँगै क्वारेन्टिन र आइसोलेसन श्यया बढाउन र पिसीआर परीक्षणको गति बढाउन जिल्लामा माग बढ्दै गएको छ । यसैबीच जिल्लाको बर्दिवास नगरपालिकाले पिसीआर परीक्षणका लागि आवश्यक उपकरण खरिद र बर्दिवास अस्पतालमा ५० श्ययाको आइसोलेसनकक्ष विस्तारको काम थालिएको जनाएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले जेठ २५ भित्रै यो काम भइसक्ने सञ्चारकर्मीलाई बताए।