१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा नलगाढ र रौलाखेत नदीको सतह खतरा सीमाभन्दा माथि



अ+ अ-

जाजरकोट। जाजरकोटको नलगाढ–रौलाखेत जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपासका तटीय क्षेत्र तथा डुबानको उच्च जोखिममा पर्ने होचो भूभागमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी किनारमा जाने, खोला तर्ने वा जलमार्ग नजिकै बस्ने कार्य नगर्न विभागले अनुरोध गरेको छ। सम्भावित बाढी र डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन भनिएको छ।