३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा नलगाढ र रौलाखेत नदीको सतह खतरा सीमाभन्दा माथि



अ+ अ-

जाजरकोट। जाजरकोटको नलगाढ–रौलाखेत जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपासका तटीय क्षेत्र तथा डुबानको उच्च जोखिममा पर्ने होचो भूभागमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी किनारमा जाने, खोला तर्ने वा जलमार्ग नजिकै बस्ने कार्य नगर्न विभागले अनुरोध गरेको छ। सम्भावित बाढी र डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन भनिएको छ।