२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले राप्ती राजमार्ग ठप्प, यात्रुहरु अलपत्र



अ+ अ-

सल्यान। लगातारको वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। कपुरकोट गाउँपालिका–३ चोरखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग साँझ ७ बजेदेखि ठप्प भएको हो।

पहिरोका कारण यात्रुवाहक गाडीहरू बीच बाटोमै रोकिएका छन् भने एक गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न पनि असम्भव भएपछि यात्रुहरू थप समस्यामा परेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसम खत्रीका अनुसार आइतबार दिउँसो पनि पहिरोका कारण राजमार्ग करिब चार घण्टा अवरुद्ध भएको थियो। पहिरो पन्छाएर केहीबेर गाडी चलाइए पनि साँझ पुनः भारी वर्षासँगै पहिरो झरेर बाटो पुनः बन्द भएको उनले जानकारी दिए।

रात परिसकेकाले तत्काल पहिरो हटाउन सकिने अवस्था नरहेको र सडकमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्ग रोज्न सुझाव दिइएको खत्रीले बताए। यद्यपि, वैकल्पिक मार्ग पनि अवरुद्धजस्तै भएकाले समस्या थपिएको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू सोमबार बिहानबाट पहिरो पन्छाउने तयारीमा जुट्ने जनाइएको छ।