२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरमा दैलेखी लाखे नाच प्रदर्शन हुँदै, मौलिक संस्कृति संरक्षणमा जोड



अ+ अ-

सुर्खेत। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैलेखी परम्परागत लाखे नाच विशेष रूपमा प्रदर्शन हुने भएको छ। साउन १९ र २० गते दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रमले मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्य लिएको छ।

लाखे नाचमार्फत नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउन र दैलेखको परम्परागत सम्पदालाई उजागर गर्न खोजिएको समाजले जनाएको छ। प्रदर्शनमा दैलेखबाट आएका भगवती क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबका तीनवटा लाखे नाच समूह सहभागी हुनेछन्।

कार्यक्रमको शुभारम्भ साउन १९ गते दिउँसो २ बजे कालिन्चोकस्थित कृष्ण मन्दिरबाट गरिने छ। त्यसपछि लाखे नाच घण्टाघरको खुला पार्क, लाटीकोइली डाँडा हुँदै साँझ ५ बजे मंगलगढी चोकबाट गणेश चोकसम्म प्रस्तुत गरिनेछ।

साउन २० गते मंगलबार भने वीरेन्द्रनगरका विभिन्न टोल, विद्यालय, होटल तथा बजार क्षेत्रहरूमा मागअनुसार लाखे नाच देखाइनेछ।

आयोजक दैलेखी सेवा समाजका अनुसार यसपालिको लाखे नाच विशेष तयारीसहित प्रस्तुत गरिँदैछ, जसले स्थानीयवासी तथा विद्यार्थीहरूमा सांस्कृतिक अभिरुचि र परम्पराप्रतिको सरोकार बढाउने विश्वास गरिएको छ। साथै, यस्तो कार्यक्रमले क्षेत्रीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा पनि गरिएको छ।