१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरमा दैलेखी लाखे नाच प्रदर्शन हुँदै, मौलिक संस्कृति संरक्षणमा जोड



अ+ अ-

सुर्खेत। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैलेखी परम्परागत लाखे नाच विशेष रूपमा प्रदर्शन हुने भएको छ। साउन १९ र २० गते दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रमले मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्य लिएको छ।

लाखे नाचमार्फत नयाँ पुस्तामा सांस्कृतिक चेतना जगाउन र दैलेखको परम्परागत सम्पदालाई उजागर गर्न खोजिएको समाजले जनाएको छ। प्रदर्शनमा दैलेखबाट आएका भगवती क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबका तीनवटा लाखे नाच समूह सहभागी हुनेछन्।

कार्यक्रमको शुभारम्भ साउन १९ गते दिउँसो २ बजे कालिन्चोकस्थित कृष्ण मन्दिरबाट गरिने छ। त्यसपछि लाखे नाच घण्टाघरको खुला पार्क, लाटीकोइली डाँडा हुँदै साँझ ५ बजे मंगलगढी चोकबाट गणेश चोकसम्म प्रस्तुत गरिनेछ।

साउन २० गते मंगलबार भने वीरेन्द्रनगरका विभिन्न टोल, विद्यालय, होटल तथा बजार क्षेत्रहरूमा मागअनुसार लाखे नाच देखाइनेछ।

आयोजक दैलेखी सेवा समाजका अनुसार यसपालिको लाखे नाच विशेष तयारीसहित प्रस्तुत गरिँदैछ, जसले स्थानीयवासी तथा विद्यार्थीहरूमा सांस्कृतिक अभिरुचि र परम्पराप्रतिको सरोकार बढाउने विश्वास गरिएको छ। साथै, यस्तो कार्यक्रमले क्षेत्रीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा पनि गरिएको छ।