७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक
काठमाडौँ, १८ साउनः पर्यटन प्रवद्र्धन मञ्च नेपालको आयोजनामा आइतबार काठमाडौँ भृकुटीमण्डपमा कवि टेकबहादुर जिरेलद्वारा लिखित ‘जिरीसिक्रिको सुसेली’ संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुहुँदै लेखक टेकबहादुर जिरेललगायत साहित्यकार तथा कलाकारलगाएत । तस्बिरः हरिराम भेटुवाल÷रासस
अ+ अ-

काठमाडौँ। कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धन मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रस्टाहरूले उक्त कृतिको सार्वजनिक गर्नुभयो ।

शिक्षण पेसाबाट निवृत्त जिरेलको कविता सङ्ग्रह पर्यटन प्रवर्द्धन मञ्चले प्रकाशन गरेको हो । यसमा प्रकृति, संस्कृति र जीवनशैलीसम्बन्धी विभिन्न ७१ कविता समावेश छन् ।  जिरेलका कवितामा राष्ट्रप्रेम, माटोको सुगन्धलगायत विषय लालित्यपूर्ण रहेको सङ्ग्रहको भूमिकामा साहित्यकार सुवेदीले लेख्नुभएको छ ।

संग्रहको समीक्षा गर्दै कवि ज्योति जङ्गलले सरलताबाट कविता सङ्ग्रह सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविताहरू सरलताबाट सुरु भएर दर्शनमा पुगेर अन्त्य हुन्छन् । कविले अरूको पीडा लेख्ने मात्र नभएर माटो र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई गहिरो रूपमा अभिव्यक्त गर्नुभएको छ ।”

सङ्ग्रहमा कविले प्रेमिल राष्ट्रवाद, राजनीतिक सङ्घर्ष, जिरीको ऐतिहासिक महत्व र पर्यटन प्रवर्द्धनको आवश्यकतालाई कलात्मक ढङ्गमा प्रस्तुत गर्नुभएको तथा जिरी खुम्तीको सौन्दर्य, माटोको आवाज र कर्मशील युवाको हुँकारका रूपमा व्यक्त भएको चर्चा गरियो ।

पुस्तकका प्रकाशक लिलाराम खड्काले सङ्ग्रहलाई साहित्यिक पर्यटनको अभियानसँग जोड्न खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माटोलाई शब्दमा बाँध्ने प्रयास गरेका छौँ, जसले पाठकलाई पर्यटनप्रति नयाँ दृष्टिकोण दिन सक्छ ।”

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले पनि पुस्तकको महत्वबारे चर्चा गर्नुभयो । “कवितामार्फत जिरीजस्तो पर्यटनस्थललाई राष्ट्रिय भावनासँग गाँसिएको देख्दा गर्व लागेको छ । जिरीसिक्री केवल भौगोलिक ठाउँ होइन, चेतनाको प्रतिनिधि बनेको छ”, उहाँले भन्नुभयो ।

सङ्ग्रहका लेखक जिरेलले कविता सङ्ग्रहमार्फत आफ्रले समाजमा अनुशासन, प्रकृतिसँगको सामीप्यता र मातृभूमिप्रतिको प्रेमको सन्देश दिन खोजेको बताउनभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रह मेरो माटोप्रतिको समर्पण हो । जिरी मेरो आत्मा हो, जसलाई मैले कवितामार्फत बोलेको छु ।”

वक्ताहरूले ‘जिरीसिक्रीका सुसेली’ नेपाली साहित्यमा केवल पर्यटनप्रेम मात्र नभई माटो र मनको आत्मीयता मिसिएको मौलिक स्वरुपको कविता सङ्ग्रहका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए । रासस