१४ असार २०८३, आईतवार
,
Latest
आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक कमाण्ड तथा स्टाफ तालिम शुरू



अ+ अ-

काठमाडाैंः शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. २ कमाण्ड तथा स्टाफ तालिमको बलाधिकृत रथी शरद कुमार गिरीले एक विशेष समारोहका बीच मंगलबार शुभारम्भ गर्नु भएको छ ।

उक्त कार्यक्रममा बलाधिकृत रथी गिरीले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना दिनु भएको थियो भने कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बालकृष्ण कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको नेपाली सेनाले जनाएकाे छ ।

सोहि अवसरमा उक्त कलेज परिसरमा रहेको कैलाश ग्रीन ग्राउण्ड ईलाकामा तालिममा सहभागी विदेशी शिक्षार्थीहरुले आ-आफ्नो देशको झण्डोतोलन समेत गरेका थिए । 

उक्त तालिममा नेपाली सेनाका तर्फबाट ६० अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत  श्रीलङ्का, बेलायत र संयुक्तराज्य अमेरिकाका १/१ गरी विदेशी शिक्षार्थी सहित जम्मा ६६ जना अधिकृतहरु सहभागी भएका छन् ।     

सैनिक कमाण्ड तथा स्टाफ तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो । वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि पहिलो पटक १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ९१४, विभिन्न मित्रराष्ट्रहरुका ८३, नेपाल प्रहरीबाट ११, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १४ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा १०४७ जना शिक्षार्थी अधिकृतहरुले सफलतापूर्वक उक्त तालिम सम्पन्न गरी सकेका छन् ।

 

शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन भएको उक्त तालिम कोभिड-१९ को सम्भावित संक्रमणलाई मध्यनजर गरी डाक्टर अधिकृतबाट स्वास्थ्य परिक्षण गरी रोग नलागेको एकिन गरेपश्चात मात्र शिक्षार्थी अधिकृतहरुलाई पूर्ण रुपमा क्वारेन्टाईनमा राखी सामाजिक दुरी कायम गरी आवश्यक रोकथामका उपायहरु अबलम्बन गरि संचालन गर्न लागिएको  सेनाले जनाएकाे छ ।