१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै एक व्यक्तिको धारणा समग्र राष्ट्र वा राज्यको आधिकारिक सोँच हुँदैन: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एक व्यक्तिको धारणा समग्र राष्ट्र वा राज्यको आधिकारिक सोच नहुने स्पष्ट गर्नुभएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले एक प्रशासकको धारणा आधारमा बहुविवाहजस्तो संवेदनशील विषयमा सिङ्गो राज्यलाई जिम्मेवार बनाउने ढङ्गले बहस हुनु दुःखद भएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन, सिङ्गो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो ।’

हालै कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले सडकमा पुगेका महिलाहरूको उद्धार गर्न बहुविवाहलाई कानुनी मान्यता दिनुपर्ने भन्ने धारणा सार्वजनिक गरेपछि बहस सुरु भएको हो । सचिव ढुङ्गानाको भनाइप्रति तीव्र आलोचना भइरहेको छ । अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक समाजले बहुविवाह कानुनी मान्यता दिने विचारलाई संविधान र महिला अधिकारको विरुद्ध ठहर गर्दै आपत्ति जनाएका छन् ।

एमाले महासचिव पोखरेलको धारणा सोही पृष्ठभूमिमा सार्वजनिक भएको हो । उहाँको धारणाले सत्तारुढ दल र सरकार त्यसको पक्षमा छैन भन्ने पुष्टि गरेको छ ।