५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै एक व्यक्तिको धारणा समग्र राष्ट्र वा राज्यको आधिकारिक सोँच हुँदैन: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एक व्यक्तिको धारणा समग्र राष्ट्र वा राज्यको आधिकारिक सोच नहुने स्पष्ट गर्नुभएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले एक प्रशासकको धारणा आधारमा बहुविवाहजस्तो संवेदनशील विषयमा सिङ्गो राज्यलाई जिम्मेवार बनाउने ढङ्गले बहस हुनु दुःखद भएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन, सिङ्गो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो ।’

हालै कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले सडकमा पुगेका महिलाहरूको उद्धार गर्न बहुविवाहलाई कानुनी मान्यता दिनुपर्ने भन्ने धारणा सार्वजनिक गरेपछि बहस सुरु भएको हो । सचिव ढुङ्गानाको भनाइप्रति तीव्र आलोचना भइरहेको छ । अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक समाजले बहुविवाह कानुनी मान्यता दिने विचारलाई संविधान र महिला अधिकारको विरुद्ध ठहर गर्दै आपत्ति जनाएका छन् ।

एमाले महासचिव पोखरेलको धारणा सोही पृष्ठभूमिमा सार्वजनिक भएको हो । उहाँको धारणाले सत्तारुढ दल र सरकार त्यसको पक्षमा छैन भन्ने पुष्टि गरेको छ ।