२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटाइयो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ । यसअघि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यसलाई राखिएको थियो । तर, बुधबार कार्यसूचीबाट हटाइएको हो ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची थियो । 

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक राखेका थिए । बैठकमा दलहरुले अन्तिम निर्णयको लागी केही समय दिन अनुरोध गरेका थिए । यसै अनुरुप आज संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटाइएको हुनसक्ने आंकलन गरिएको छ ।