१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

राष्ट्रपति ट्रम्प खनिए ट्वीटर, सामाजिक संचार माध्यम विरुद्ध, जारी गरे नयाँ आदेश

राष्ट्रपति ट्रम्प खनिए ट्वीटर, सामाजिक संचार माध्यम विरुद्ध, जारी गरे नयाँ आदेश
अ अ+ अ-

जेकी मिलर

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गर्नु भएको छ । उहाँले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर विवादको बिऊ रोप्नु भएको छ ।

इन्टरनेटको माध्यमबाट बन्धनमुक्त अभिव्यक्ति स्वतन्त्रताका रुपमा कम्पनीहरुले प्राप्त गरेको कानुनी संरक्षणलाई राष्ट्रपतिको पछिल्लो कार्यकारी आदेशले चुनौती दिएको छ ।

ह्वाइट हाउसमा निकै तडकभडकका साथ कार्यकारी आदेश जारी गरिए पनि यस आदेशभित्र यथार्थभन्दा राजनीति बढी हाबी भएको प्रष्टै देखिन्थ्यो । केही दिनअघि राष्ट्रपति ट्रम्पले गर्नु भएका दुई वटा ट्वीटको विषयलाई ट्वीटरले “तथ्यजाँच”को नियमभित्र राखिदिएपछि यो विवादले उग्र रुप लिएको हो ।

ट्वीटरले “सम्पादकीय निर्णय” भन्दै आफ्ना ट्वीटलाई लिएर “राजनीतिक” प्रतिशोध साँधेको राष्ट्रपति ट्रम्पको आरोप छ । उहाँको विचारमा यस्ता कार्यहरु गर्दा सामाजिक मिडिया कम्पनीमाथि आइलाग्ने दायित्वको जिम्मेवार उनीहरु स्वयम हुनु पर्दछ ।

विगतमा आफ्ना विरोधीमाथि दिनरात आक्रमण गर्न राष्ट्रपति ट्रम्पले ट्वीटरको दुरुपयोग गरेको भन्दै आलोचना हुने गरेको थियो । तर पछिल्लो समय सिलिकन भ्यालीका उदारवादी विशाल प्रविधि कम्पनीहरु – ट्वीटर, फेसबुक, गुगल – ले कट्टरपन्थी विचारमाथि “तथ्यजाँच” को औजार प्रयोग गर्न थालेका थिए । राष्ट्रपति ट्रम्पको विचारमा आफ्ना समर्थकहरुका ट्वीटको तथ्यजाँच गर्ने वा ट्वीट हटाउने गरका छन् ।

कार्यकारी आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी यसबाट थकित छौं ।” उहाँले नयाँ कार्यकारी आदेशबाट अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न बल पुग्ने दाबी गर्नुभयो ।

प्रविधि उद्योग समूहहरुले ट्रम्पको आदेशप्रति असहमति जनाएका छन् । उनीहरुको भनाईमा राष्ट्रपतिको आदेशले नवीनता र अभिव्यक्ति स्वतन्त्रता दुवै इन्टरनेटबाट दमनमा पर्नेछ । अमेरिकी च्याम्बर अफ कमर्सले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएको छ । “जेजस्तो परिस्थितिमा यो आदेश आएको भए पनि संयुक्तराज्य अमेरिकामा सार्वजनिक नीति यसरी निर्माण हुँदैन ।”

कार्यकारी आदेशमा संघीय संचार आयोग (एफसीसी) र संघीय व्यापार आयोग समेतका स्वतन्त्र नियामक निकायहरुलाई प्रविधि कम्पनीहरुले आफूखुशी नयाँ नियमहरु लागू गर्न सक्ने वा नसक्ने भनी अध्ययन गर्न सक्ने उल्लेख छ । यद्यपि विज्ञहरूले अमेरिकी संसद कङ्ग्रेसको सहकार्यबिना सम्भव नहुने बताएका छन् ।

एफसीसीका अध्यक्ष अजित पाईले एक विज्ञप्तिमा भन्नुभएको छ, “यो बहस निकै महत्वपूर्ण छ । संघीय संचार आयोगले वाणिज्य विभागले दायर गर्ने नियमसम्बन्धी कुनै पनि निवेदनमाथि होसियारीपूर्वक समीक्षा गर्नेछ ।”

ट्विटर र फेसबुक जस्ता कम्पनीहरूले कम्युनिकेसन्स डिसेन्सी एक्टको (सञ्चार शालीनता ऐन)को धारा २३० अन्तर्गत संरक्षण प्राप्त गरिरहेका छन् । ऐनले यी कम्पनीहरुलाई “प्रकाशक” को साटो “प्लेटफर्म” का रुपमा मान्यता दिएको छ । “प्रकाशक” भएको अवस्थामा उनीहरुमाथि कुनै सामग्रीका विषयमा कानुनी कारबाही हुन सक्दछ ।

यस्तै किसिमको कार्यकारी आदेश जारी गर्ने गरी ट्रम्प प्रशासनले यसअघि पनि छलफल चलाएको थियो । तर कानुनी जालो पार गर्न नसक्ने चिन्ताबीच यसलाई अघि बढाइन ।

“आम नागरिकहरू वा ठूलो समुदायबीचको संवादका क्रममा उनीहरू (कम्पनीहरु)ले आफूखुशी सेन्सर गर्ने, सीमित गर्ने, सम्पादन गर्ने, आकार दिने, लुकाउने, कुनै पनि प्रकारको संचारलाई परिवर्तन गर्ने सामथ्र्य राख्न सक्दैनन्,” ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघि सामाजिक संचार माध्यमका बारेमा बताउनुभयो । “अमेरिकी इतिहासमा यति सानो संख्याका संस्थानहरूले मानव अन्तक्र्रियाको यति ठूलो क्षेत्रलाई नियन्त्रण गरेको कुनै उदाहरण छैन ।”

राष्ट्रपति ट्रम्पले हुलाकमार्फत हुने मतदान “धोखाधडी” रहेको तथा “मेल बाकस लुटिने छ” भनेर ट्वीट गरेपनि ट्वीटर कम्पनीले यसलाई “तथ्यजाँच” को घेरामा राखेको थियो । यसलगत्तै ट्रम्प र उहाँको चुनावी प्रचार टोलीले ट्वीटरको उक्त कदमको विरोध गरेको थियो ।

ट्रम्पले  सन् २०२० को राष्ट्रपति चुनावमा ट्वीटरले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ । राष्ट्रपतिका रुपमा “आफूले यसलाई गम्भीरतापूर्वक लिएको र सह्य नहुने” उहाँले प्रतिक्रिया दिनुभएको छ । उहाँका चुनावी अभियानका प्रबन्धक ब्राड पास्र्केलले ट्विटरले “स्पष्ट राजनीतिक पूर्वाग्रह” राखेकै कारण “महिनौं अगाडि ट्विटरबाट आफ्ना विज्ञापनहरु” हटाइएको बताउनुभयो । । वास्तवमा ट्विटरले गत नोभेम्बरदेखि राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाएको छ ।

बुधबार नै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईआ)े ज्याक डोर्सीले ट्वीट गर्दै “हामी विश्वव्यापी रूपमा निर्वाचनको बारेमा गलत वा विवादित जानकारी औंल्याउने कार्यलाई जारी राख्ने” स्पष्ट गर्नु भएको छ ।

अर्कोतर्फ, फेसबुकका सीईओ मार्क जुकरबर्गले फक्स न्यूजलाई दिएको प्रतिक्रियामा आफ्नो प्लेटफर्ममा “ट्वीटर भन्दा फरक नीति रहेको” बताउनुभएको छ । “म दृढताका साथ के कुरामा विश्वास गर्दछु भने मानिसहरुले अनलाइनमा व्यक्त गरेका विचारमाथि फेसबुक मध्यस्थ हुन सक्दैन ।”

अरेगनका डेमोक्र्याट पार्टीका सिनेटर एवं इन्टरनेट स्वतन्त्रताका पक्षधर रोन विडेनले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले अदालत र कङ्ग्रेसको शक्ति आफैँमा केन्द्रित गर्न चाहनु भएको छ । यो सबै कार्यमार्फत् आफ्ना झुटहरु फैलाउने एकमात्र चाहना हो ।”

ट्रम्पको कार्यकारी आदेश विरुद्ध कानुनी उपचार खोजिने छ ।

अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको यो “अपमानजनक” निर्णय हो भन्दै यसविरुद्ध सबै एकजुट हुन आह्वान गर्नुभयो । (रासस–एपी)