५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा फुटबल फर स्कुलमा ३२ हजारभन्दा बढी विद्यार्थी सहभागी



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशको ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई फुटबल प्रदान गर्ने भएको छ ।

विद्यार्थीलाई फुटबलमार्फत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउने उद्देश्यले फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत ७७ वटै विद्यालयलाई फुटबल प्रदान गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा आगामी साउन १५ गते उक्त कार्यक्रम हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलनमार्फतएन्फाले यस कार्यक्रमबारे जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपत्यकाका विद्यालयबाट करिब ३/४ हजार विद्यार्थी सहभागी गराउँदै फिफा फुटबल फर स्कुलको औपचारिक शुभारम्भ हुने एन्फाका महासचिव किरण राइले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा फिफाको फुटबल फर स्कुलका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेजले फुटबल फर स्कुलको आवश्यकता र महत्वबारे चर्चा गर्दै प्राथमिक तहका विद्यार्थीलाई फुटबलका माध्यमबाट व्यावहारिक ज्ञान दिने प्रयास रहेको बताए ।  एन्फाका महासचिव किरण राईले करिब १५/१६ करोड बराबरको फुटबल प्रदान गर्न लागिएको र यस किसिमको कार्यक्रमले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने बताए । यसअघि दक्षिण एसियामा भारतले यो कार्यक्रम आयोजना गरेको र त्यसपछि नेपालले पनि यो कार्यक्रम गर्न लागको उनको भनाइ छ । उपत्यका बाहिर भने त्यहाँ नै गएर फुटबल प्रदान गर्ने कार्यक्रम छ ।

फिफा र युनेस्कोको सहकार्यमा यो कार्यक्रम आयोजना हुँदै आएको छ । यसले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पु¥याउने फिफाले लक्ष्य राखेको छ । साथै यस कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमको रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीता सिकाउने आशा गरिएको छ । प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम दिइने यस कार्यक्रमको योजना छ । देशभरका ७७ वटै जिल्लाका हजार ७२ विद्यालयहरूमा ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिँदैछ ।