१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

भयवाट सिर्जित चुनौती- मुख्यमन्त्री शंकर पोखरेल

भयवाट सिर्जित चुनौती- मुख्यमन्त्री शंकर पोखरेल
अ अ+ अ-

काठमाडौँ । कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानविय र वर्वर वन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गंभीर नहुने हो भने यसले कोभिड १९ महामारी विरुद्धको संर्घर्षलाई नै कमजोर बनाउने छ । वास्तवमा भाइरस प्रत्यक्ष सम्पर्कवाट सर्ने हो नजिको ठाउमा क्वारेन्टाइन र आइसोलेसन राखेर होइन भन्ने कुरा पनि अझैसम्म स्थापित गर्न सकिएको छैन । यतिसम्मको चिकित्सक र स्वास्थकर्मीमा समेत यस विषयमा पर्याप्त भ्रम देखिन्छ ।
कोरोनाको उपचारका सन्दर्भमा सुरुमा डरमान्ने र पछि सहजहुने अवस्था आम रुपमा देखिएको छ । कोरोनाको उपचारका लागि तयार गरिएका अस्पतालमा विरामी लगेर नराख्दासम्म डर रहीरहने देखिन्छ । त्यसका लागि सरकारले उपचारहुने सबै अस्पतालमा निश्चित संख्यामा विरामी पठाएर मानसिक रुपमा तयार गर्नु राम्रो हुन्छ ।विरामीको उपचार गर्न सुरुगरेपछि चिकित्सक र स्वास्थकर्मीमा डर हटेको र मनोवल वढेको देखिन्छ । यतिसम्मकी पछिल्लो समय संक्रमितहरु ठुलो संख्यामा भेटिएका र उपचार पछि निको भएका ठाउमा आम मानिसमा भय र त्रास कमहुदै गएको र त्यहाँको परिस्थिति सामान्य वन्दै गएको देखिन्छ ।
क्वारेन्टाइन वा आइसोलेसनका कारणले वस्तीमा सर्छ भनेर रोक्न खोज्ने कुरा अत्यन्त वेठिक र भ्रमपूर्ण कुरा हो । सबैभन्दा पहिले कोभिड १९ को उपचार गर्ने काठमाण्डौको सरुवा रोग उपचार अस्पताल रहेको टेकु र पाटन स्वास्थविज्ञान प्रतिष्ठान रहेको लगनखेलमा किन संक्रमण फैलिएन । किन विराटनगर र धरान भन्दा उदरपुर र झापामा वढि संक्रमण देखियो । किन कोरोना विशेष अस्पताल रहेको वुटवल र भैरहवामा भन्दा वढि कपिलवस्तुमा वढि देखियो । किन खजुरामा भन्दा वढि नरैनापुरमा वढि देखियो रु किन रोग पत्ता लागेपछि समुदायमा पुगेको कोरोना भाइरस उदयपुर, नेपालगंज र वीरगंजका वस्तीमा समेत नियन्त्रणमा आयो ।कुरा स्पष्ट छ संक्रमण फैलिनुमा संक्रमित पहिचान नभएर नै हो । संक्रमितलाई पहिचान गरेर आइसोलेसनमा राख्ने हो भने संक्रमण फैलनवाट रोकिन्छ । रोकिदै आएको हाम्रो आफ्नै अनुभव पनि छ ।
यतिवेला क्वारेन्टाइन भित्र संक्रमण वढि देखिनुको कारण वाहिरनै संक्रमित भएर आएका र क्वारेन्टाइनमा वस्नेहरुले एक आपसमा सामाजिक दुरी कायम नगरेका कारणले हो । क्वारेन्टाइनमा ठुलो संख्यामा संक्रमित देखिए पनि त्यो त्यति जोखिपूर्ण छैन । किनकी उनीहरुको ठुलो हिस्सा युवाहरुको छ र उनीहरु समाजमा मिसिएको अवस्था छैन । पहिचानगरी समयमा उपचारको प्रकृयामा लानेहो भने उनीहरुलाई सहजै निको बनाउन सक्ने देखिन्छ । तर संक्रमितहरु पहिचान नभइ समाजमा पुगेर दिर्घ रोगी र वृद्धवृद्धामा संक्रमण फैलियो भने स्थिति जटिल वन्छ । यस्तो कुरामा सबैको ध्यान जानु पर्दछ । सचेत पंक्तिले भन्नु पर्दछ क्वारेन्टाइन राखेका कारणले सम्पर्कमा नपुगेका मान्छेमा भाइरस सरेको छैन र सर्दैन ।
यतिवेला आफ्नो वस्ती र ठाउमा क्वारेन्टाइन राख्न नदिने नाममा अवान्छित क्रियाकलाप भइरहेका छन् । क्वारेन्टाइमा संक्रमित वढि देखिएका नाममा सिधै घर पठाउनु उपयुक्त हुने तर्क पनि सुनिन थालेका छन्। स्वास्थकर्मी र जनप्रतिनिधिको निगरानी रहेका क्वारेन्टाइमा समेत सामाजिक दुरी कायम गर्न समस्या देखिएको छ । तीनै व्यक्तिहरुलाई सिधै आफ्नो घर र वस्तीमा पठाउदा के होला रु सहज अनुमान गर्न सकिन्छ । निश्चित छ सिधै वस्तीमा पठाउदा पहिचानमा नै समस्या हुन्छ । अनि आवश्यक सतर्कता कायम गर्न सकिदैन र संक्रमणको जोखिम वढ्न जान्छ । यस्ता विषयमा संचार माध्यमले विज्ञहरु मार्फत भ्रम चिर्न सहयोग गर्नु पर्दछ । अन्यथा हाम्रो समाजमा कोभिड १९संग जोडिएर सिर्जना भएको भय र त्रासले नै हामीलाई महामारीसंग जुध्न कठिन बनाइदिनेछ ।
यद्यपी यतिवेला जनसचेतना जगाउन खोज्न व्यक्ति वा समुहलाई पनि अस्विकार गर्ने वा उनीहरुलाई हतोत्साहित गर्ने प्रवृत्ति वढेको छ । सचेतनता फैलाउनु पर्नेहरु आफै भ्रमको शिकार भएको पनि देखिएको छ । क्वारेन्टाइन राख्न नदिनका लागि शिक्षकको नेतृत्वमा नै विद्यालय भवन भत्काउने काम भएका समाचार सम्प्रेषण भइरहेका छन् । जनप्रतिनिधिको नेतृत्वमा क्वारेन्टाइन वनाउन नदिन अवरोध सिर्जना गरिएका समाचारहरु आइरहेका छन् । अनि राजधानीकै विद्युतिय सवदाहगृहका संचालकहरु तालावन्दीगरेर भागाभाग भएका समाचार आइरहेका छन् । अस्पतालमा विरामी राख्न डाक्टर समेत तयार नभएको कुरा आइरहेका छन् । यस्ता गलत कुराको खासै प्रतिवाद वा विरोध भएको देखिदैन । सम्वन्धित निकायले पनि यस्ताकुरालाई गंभीर रुपमा लिएर स्पष्टिकरण सोधेको र सचेत बनाएको पनि सुनिएको छैन ।
समाजमा व्याप्त भ्रमका कारणले मृतकको दाहसंस्कारमा पनि समस्या उत्पन्न भएको छ । घाटमा लगरेर सव जलाउने कुरा समेत रोकिएको छ । ठुलो संख्यामा मृत्युहुदाको अवस्थामा नियमित प्रकृयामा जान नसक्नु स्वभाविक हो । तर एउटा दुईवटा मृतकको अन्तिम संस्कारमा परम्पारको पालना हुननसक्नु गंभीर कमजोरी हो ।यतिसम्मकी भयका कारणले परिवारका सदस्यहरु समेत नजिक नपर्ने स्थिति देखिएको छ । जवकी जिवित मान्छेवाट भन्दा मृत मान्छेवाट भाइरस सर्ने सम्भावना कमहुन्छ । किनकी जिवित मान्छे वोल्दा र हात्च्छेउ गर्दा भाइरस शरिरवाट वाहिर आउछ । तर मृतकको शरिर स्थिरभएको अवस्थामा त्यो सम्भावना हुदैन । तर यतिवेला भाइरसको डर जिउदा मान्छेसंग भन्दा वढि मरेको मान्छेसंग देखिन्छ । यो कुरामा पनि आवश्यक सचेतनता जगाउने काम हुन सकेको छैन ।
नेपालमा दुईजना व्यक्तिको हकमा दाहसंस्कार पछि मात्र संक्रमणको रिपोर्ट आएको थियो । ती व्यक्तिहरुको दाहसंस्कारमा सामेल भएका व्यक्तिमा संक्रमण देखिएको प्रमाण अझैसम्म पाइएको छैन । जिवित संक्रमितको सम्पर्कको तुलनामा मृतकलाई छुदा मानिसले वढि सरसफाईमा ध्यान दिएका कारणले पनि संक्रमण नफैलिएको मान्न सकिन्छ । यस्ता कुरा पनि हाम्रा सन्दर्भमा विचार गर्नुपर्ने विषय हुन् । कोभिड १९ का महामारी नियन्त्रणको नेतृत्व गरिरहेको स्वास्थमन्त्रालय यस्ता विषयमा गंभीर र संवेनशील वन्न पर्दछ । हरेक घटनाको तथ्यपरक विश्लेषण गरी भय र त्रास अन्त्य गर्नु पर्दछ । संक्रमित क्षेत्रवाट आएका नागरिक,संक्रमित व्यक्ति र मृतकका सन्दर्भमा मानवीय व्यवहार प्रदर्शन हुन वातावरण सुनिश्चित गर्नु पर्दछ । मानवीय संस्कार र संस्कृतीको रक्षा संकटका वेलामा झनै जरुरी हुन्छ । (प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलको फेसबुक वालबाट साभार)