१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का वरिष्ठ नेता शिव कुमार बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

केही दिनदेखि अस्वस्थ्य भएको र पार्टीको दैनिक क्रियाकलाप सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।

नाउपाका बहुमत केन्द्रीय समिति सदस्यहरुले केन्द्रीय समिति बैठकको माग गर्दै अल्टिमेटम दिइरहेको अवस्थामा श्रेष्ठले बास्तोलालाई जिम्मेवारी सुम्पिएकी हुन् ।

बहुमत केन्द्रीय सदस्यहरूले रञ्जितालाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै केन्द्रीय समिति बैठक नबोलाए थप निर्यय लिने चेतावनी दिएका छन् ।