१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सिंहद्वारा रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यवद्धता



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

सिंह रास्वपाको कार्यालय वनस्थली पुगेर रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । लामिछानेको पक्षमा देशभरबाट २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको रास्वपाले जनाएको छ ।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई ‘राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको’ भन्दै आएको छ । त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाको भनाई छ ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए । त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो ।