१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित



ओक्फाइल फोटो
अ+ अ-

इलाम । माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन् ।

चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भन्नुभयो, “चार दिन भयो, निद्रा नै लाग्दैन । ”

गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको हो । यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले तीनवटा बाख्रा खोरमै खाएको पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुभयो । “चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ”, उहाँले भन्नुभयो ।

चितुवाको उपद्रो लोसेसम्म सीमित छैन । शनिबार राति माइजोगमाई–२ मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन् । एकपछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन् ।

“बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखियो”, माइजोगमाई–३ गुप्तीका रोहित काफ्लेले भन्नुभयो, “अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन् ।” वन्यजन्तुको आतङ्कले खसीबाख्रामात्र होइन, किसानको तरकारी बालीसमेत धरापमा परेको छ । मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा मेहनत धुलोमा मिलेको स्थानीयको गुनासो छ ।

तर यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन । “जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारी नआउँदा विवरण सङ्कलन गर्न सकिएको छैन”, इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले भन्नुभयो ।

वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा असर पार्ने खतरा देखिन थालेको छ । किसान अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन् । “हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ”, किसान शेरबहादुर गुरुङले भन्नुभयो, “न त निद्रा पाएका छौँ, न त राहत ।”