७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

मूल बीउ उत्पादन गरिँदै

मूल बीउ उत्पादन गरिँदै
अ+ अ-

वालिङ, (स्याङ्जा) । स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।

कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्महरूलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिनुभयो ।

कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको छ । “नार्कबाट ल्याएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ लाइसेन्स प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्छन् ।”

बीउ उत्पादकले उत्पादन गरेको उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकस, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराउने उहाँले बताउनुभयो ।

आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्र उन्नत बीउको रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले उत्पादित बीउको डेसिस प्रणालीमार्फत बीउ उत्पादक समूह, सहकारी, फार्म र बीउ विक्रेता व्यवसायी तथा किसानलाई जोडेर बजारीकरणमा सहजीकरण गर्दै आइरहेको छ ।

कार्यालयले बीउ उत्पादकलाई रामधान, सावित्री, हर्दिनाथ, सावा मन्सुली सव १, मकैको मनकामना ३, गहुँ, बोडीको मालेपाटन १, चौमासे सिमी, भटमासको खजुरे भटमास १, कोदोको सैलुङ्गे १, काभ्रे १ र ओख्ले जातका मुल बीउ उपलब्ध गराउँदै आएको छ । पर्वतमा जेठो बुढो धान, भक्तपुर लोकल काक्रो, मसुरो र तोरीको उन्नत बीउ उत्पादन भइरहेको छ ।

म्याग्दीमा सिमी, केराउको उन्नत बीउ उत्पादन भइरहेको छभने नवलपुरमा बोडी, रामधान, सावित्री, हर्दिनाथ ६ जातका खाद्यान्न तथा तरकारीको उन्नत बीउ उत्पादन गरिएको उहाँले बताउनुभयो । तनहुँको भिमादमा डल्ले कोदो, घिरिङमा राम धान, सावित्री, हर्दिनाथ र सावा मन्सुली सव १ जातका खाद्यान्न बालीको उन्नत बीउ उत्पादन थालिएको छ ।

गोरखामा सिमी र तोरी, बागलुङका तीन ठाउँमा मनकामना ३ जातको उन्नत मकैको बीउ उत्पादन थालिएको छ । लमजुङ, कास्की, मनाङ र मुस्ताङमा कार्यालयमार्फत अहिले काम भइनसकेको उहाँले जानकारी दिनुभयो ।

पौवैखोलामा मोटरेबल पुल निर्माण

पुतलीबजार नगरपालिका–५ पौवैखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्डको वैकल्पिक सडकका रूपमा विस्तार हुँदै गरेको बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौडा सडकखण्डअन्तर्गत पर्ने पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेकोमध्ये रु एक करोड ८६ लाख ९२ हजारमा ठेकेदार कम्पनीसित ठेक्का सम्झौता भएको हो । पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङखोला सिद्धबाबा निर्माण सेवाबीच २०८१ वैशाख १७ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु एक करोड ८६ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।

ठेक्का सम्झौता भएकोमध्ये ठेकेदार कम्पनीले रु एक करोड ७५ लाख ६९ हजार अन्तिम भुक्तानी पाएको हो । तोकिएको समयावधिभित्रै निर्माण सम्पन्न भएको पुलको लम्बाइ १५।६ मिटर रहेको छ । आठ दशमलव चार मिटर चौडाइको उक्त पुलमा छ मिटरमा गाडी गुड्न मिल्छ भने पुलको दायाँबायाँ दुवैतर्फ २।४ मिटरको फुटपाथ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

नवनिर्मित मोटरेबल पुलको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गर्नुभएको हो । मन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको गति अघि बढाएको बताउनुभयो । उहाँले दैनिक आवतजावत, व्यापार, व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलापमा अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । रासस