७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थानको भेटी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थानको भेटी
अ+ अ-

गलकोट, (बागलुङ) । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ ।

धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ । दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएपछि भेटी सङ्कलन दरसमेत तेब्बरले वृद्धि भएको छ । समितिमार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउँदै भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताउनुभयो ।

मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा आर्थिक वर्ष २०८१/८२ मा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन तेब्बरले वृद्धि भएको हो । “आव २०८०/८१ मा ठेक्कामार्फत रु नौ लाख आम्दानी भएकामा समितिमार्फत पूजा चलाउँदा रु २७ लाख आम्दानी भएको छ, ठेकेदारले नाफा कमाउँदा मन्दिर अस्तव्यस्त भएकाले समितिमार्फत पूजा चलाउने र आम्दानीले भौतिक संरचना र दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उद्देश्य छ”, अध्यक्ष ढकालले भन्नुभयो, “कोरोना महामारीमा रु ५० हजार भेटी सङ्कलन भएको मन्दिरमा अहिले रु २७ लाख सङ्कलन भएको र आगमी वर्ष सङ्कलन अझै बढ्ने अपेक्षा छ ।”

पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालयलगायत पूर्वाधारमा रु ८० लाखभन्दा बढी रकम खर्च भइसकेको ढकालले जानकारी दिनुभयो । समिति, सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट पूर्वाधार मिर्नाणमा सहयोग भएको समितिका कोषाध्यक्ष चन्द्र केसीले जानकारी दिनुभयो । उहाँले अघिल्लो व्यवस्थापन समितिले बनाएको गुरुयोजना, हिसाब किताब नपाएको र समिति नहुँदा मन्दिरको अवस्था बिग्रिएकाले यो वर्षदेखि आय वयय सार्वजनिक तथा लेखा परिक्षण गराउदै आएको बताउनुभयो ।

समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगमी वर्षबाट मन्दिरको मासिक आम्दानीसमेत भइरहेको छ । अहिले मासिक रु ३० हजारमा सटर भाडामा लागाइएको छ । समुद्री सतहबाट एक हजार ४०० मिटरको उचाइमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधार निर्माणले गति लिएको छभने वर्षौँदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ ।

तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नति, पदमार्ग, व्यावसायिक सटर, सक्तललगायत पूर्वाधार थपिँदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी सङ्कलनसमेत बढिरहेको ढकालको भनाइ छ ।

विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकांक्षापूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा बढ्दै गइरहेको छ । रासस