१ भाद्र २०८३, सोमबार
,
Latest
साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएन अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी भैरव ढकालले ३ हजार ७ सय २७ र सञ्जीव गोर्खाली ढकाल २ हजार १ सय २६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा बबिन मिश्रले ७ हजार २ सय ६१ मत प्राप्त गरी विजय हासिल गरे । उनका प्रतिस्पर्धी रमेश पौडेलले ४ हजार ६ सय १९ मत ल्याए ।

यस्तै महासचिवमा चुडामणि सापकोटाले ७ हजार ३० मत ल्याए भने उनका प्रतिस्पर्धी भरतमणि देवकोटाले ३ हजार २ सय ५६ मत ल्याए । त्यस्तै महासचिवका अर्का प्रतिस्पर्धी अर्जुन गौतमले १ हजार ८ सय १४ मत ल्याएका छन् ।

सचिवमा कल्याण खड्का विजयी भए । उनले ७ हजार १ सय ८० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५ सय २८ मत ल्याए । कोषाध्यषमा निजन चौलागाईंले ७ हजार ८७ मत ल्याए भने प्रतिस्पर्धी लुना शिवाकोटीले ४ हजार ४ सय ५६ मत प्राप्त गरिन् ।

निर्वाचन आयोग अनुसार क्वीन्सल्यान्ड संयोजकमा अतुल खड्कासहितको टिम निर्विरोध निर्वाचित भएको छ । यस्तै तास्मानियामा संयोजक सुजन वाग्लेसहितको टिम नै निर्विरोध भएको छ ।

यस्तै एनआरएन अस्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी विजयी भएकी छिन् भने एनआरएन अस्ट्रेलिया युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भए । नारी निकुञ्ज अस्ट्रेलियाको उपसंयोजकमा प्रतिभा शाह निर्विरोध भइन् ।

यस्तै न्यूसाउथवेल्समा उषा किरण बारिया पोखरेल राज्य संयोजक पदमा विजयी भइन् भने साउथ अस्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुङ विजयी भए । यस्तै वेष्टर्न अस्ट्रेलियामा हरिवंश सञ्जेल सुमन विजयी भए ।

उता अस्ट्रेलियन क्यापिटल टेरेटोरीमा ललित मल्ल संयोजक पदमा चुनिएका छन् भने भिक्टोरियामा महादेव धानुक संयोजक पदमा विजयी भएका छन् । नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा विजयी भए ।

एनआरएन अष्ट्रेलियाको यस पटकको निर्वाचनमा १६ हजारभन्दा बढी मतदाता भए पनि १३ हजार ७ सय १ भोट मात्रै खसेको थियो । कूल मतदाताको ८५ प्रतिशत भोट खसेको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले जानकारी दिए ।