८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

काभ्रेमा भएका दुई घटनामा दुईको मृत्यु

काभ्रेमा भएका दुई घटनामा दुईको मृत्यु
अ+ अ-
काभ्रेपलाञ्चोक । धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता हुनुभएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोशी नदीमा भेटिएको हो ।
भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उहाँको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोशी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी छ मिटर तल खस्दा मोटरसाइकमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
करिब ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का वियज थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उहाँहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद तिमल्सिना आज बिहान स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । तिमल्सिना सवार बा प्र ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नपा–२ स्थित बीस किलो भन्ने स्थानमा बा ६२ प ३५७८ नम्बरको अर्को स्कुटरले ठक्कर दिँदा स्कुटरको पछाडि बस्नुभएका तिमल्सिना गम्भीर घाइते हुनुभएको हो । उहाँको टाउकोमा गम्भीर चोट लागेकाले धुलिखेल अस्पतालमा शल्यक्रियासहितको उपचार भइरहेको छ ।
तिमल्सिना सवार स्कुटर चालक उहाँकै छोरा किशोर सामान्य घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । नार्केबाट काठमाडाँैतर्फ जाँदै गरेको ठक्कर दिने स्कुटर चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ वस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।