८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’
अ+ अ-

तुलसीपुर । मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उहाँले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्नुहुन्छ । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्नुहुन्छ ।

आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “मैले १० वर्ष भयो तरकारीखेती गरेको”, उहाँले भन्नुभयो, “यही तरकारी मोटरसाइकलको पडाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घरखर्च धानेको छ ।”

हरेक दिन बिहान ५ बजे उठेर उहाँले काँक्रा र बोडी गाउँगाउँमा लिएर बेच्नुहुन्छ । उहाँ तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्नुहुन्छ । अहिले उहाँको दैनिकी यसरी नै बितिरहेको छ ।

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “विगतका वर्षमा दैनिक सात÷आठ क्वीन्टलसम्म बिक्री गर्थे”, उहाँले भन्नुभयो, “यसबर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।”

उहाँले बोडीलाई रु ५० किलोमा बिक्री गर्दै आउनुभएको छ, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आउनुभएको छ । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा रु दुई लाखसम्मको कारोवार हुन्छ भने काँक्रा रु पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर रु चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उहाँले बताउनुभयो । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताउनुभयो । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।