१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृउनुभएको छ ।

शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो । सुपोत महास्थथवीरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्वपूर्ण योगदान गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक, सामाजिक योगदान गर्नुभएको छ । निरन्तर र अनवरत रुपमा योगदान गर्नुभयो । थाइ सरकारले ज्यादै ठूलो सम्मान दिएको छ । बुद्धिजमअघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएको पनि बताउनु भयो ।