८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

उपसभापति खड्काको आह्वान: ‘गल्ती स्वीकारौं, तर निराशा नबाँडौं’

उपसभापति खड्काको आह्वान: ‘गल्ती स्वीकारौं, तर निराशा नबाँडौं’
अ+ अ-

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दल र तिनका नेताहरूले आफ्ना कमी-कमजोरीहरूलाई खुलेर स्वीकार्दै जनतामा निराशाको सट्टा आशा र विश्वास जगाउनुपर्ने बेला आएको बताउनुभएको छ। मानव अधिकार तथा शान्ति समाज (HURPES) को काठमाडौं शाखाको साधारण सभालाई सम्बोधन गर्दै उहाँले दलहरूभित्र आत्मसमीक्षाको गहिरो आवश्यकता रहेको औंल्याउनुभयो।

“हामीले गरेका गल्तीहरू छन्, त्यसलाई स्वीकार्नुपर्छ, तर गल्ती दोहोर्याउनु हुँदैन,” खड्काले भन्नुभयो, “अब हामीले एकअर्कालाई दोषारोपण गरेर होइन, जनताको असन्तुष्टिलाई चिनेर समाधान दिने बेला आएको छ।” उहाँले जनतामा निराशा नभई राजनीतिक दलहरूप्रति आक्रोश र असन्तुष्टि रहेको बताउँदै त्यसलाई सम्बोधन गर्नु नै अहिलेको मुख्य चुनौती भएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा बोल्दै खड्काले प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा नागरिक समाज र कृष्ण पहाडीजस्ता अभियन्ताको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले राजनीतिक दलहरूले नागरिक समाजबाट उठेका आवाज र सुझावहरूलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो।

उपसभापति खड्काले हालै चर्चामा रहेका केही महत्वपूर्ण विधेयकहरूबारे पनि आफ्नो धारणा राख्नुभयो। उहाँले सङ्घीय निजामती सेवा विधेयकमा रहेको “कुलिङ अफ पिरियड” र भू-स्वामित्व विधेयक जस्ता विषयहरूमा दलहरूबीच गम्भीर छलफल र सहमति आवश्यक रहेको बताउनुभयो। “भूमि विधेयकबारे केही भ्रम छरिएको छ,” उहाँले भन्नुभयो, “यो विधेयकले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा नभएका अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ, नयाँ वन फडानी गर्ने होइन।”
उहाँले भ्रष्टाचार र कुशासन देशको विकास र उन्नतिका बाधक भएको बताउँदै यसको अन्त्यका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने आह्वान गर्नुभयो। “देशको विकास र उन्नतिका लागि बाधक भनेको भ्रष्टाचार, अनियमितता र कुशासन हो। यसलाई अन्त्य गर्न हामी सबै एकजुट हुनैपर्छ,” खड्काले थप्नुभयो।

खड्काले राजनीतिक दलहरू सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने प्रवृत्तिका कारण जनतामा भ्रम पैदा भएको स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, “यस्तो दोहोरो चरित्रले राजनीतिक प्रणालीलाई नै कमजोर बनाउँछ। हामीले यो प्रवृत्तिलाई अन्त्य गर्नैपर्छ।”

उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) लगायत विभिन्न दलका प्रतिनिधिहरू र गोकर्णेश्वर नगरपालिकाका प्रमुखको पनि उपस्थिति रहेको थियो। कार्यक्रमले नेपालको वर्तमान राजनीतिक अवस्था र नागरिक अधिकारका विषयमा एक महत्वपूर्ण बहसको मञ्च प्रदान गरेको थियो।