१ भाद्र २०८३, सोमबार
,
Latest
पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्टेखोला–धम्पुस–खानीगाउँ सडक बनाउन शिलान्यास



अ+ अ-

गण्डकी । कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको छ ।

नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गर्नुुभयो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक दुुई वर्षभित्र निर्माण सक्नेगरी २०८१ फागुन २१ सम्झौता गरिएको थियो ।

सडक निर्माणका लागि निर्माण कम्पनीले ३० करोड १८ लाखमा सम्झौता गरेको छ । सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराउनुुभयो । सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

यो योजना सम्पन्न भएसँगै माछापुच्छे« गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गरी सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा बहुआयामिक भूमिका खेल्ने उहाँको भनाइ छ । सडकको लम्बाइ १३।३ किलोमिटर रहनेछ । पहिलो सात किलोमिटरसम्म अस्फाल्ट ‘पिच’ र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिनुुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरेले शुक्रबारदेखि निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको धारणा राख्नुुभयो । रासस