१५ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद किरणकुमार शाहले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न घुसम लिएको आरोप लागेका मन्त्रीहरु अझै किन पदमा छन् ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले भिजिट भिसा दुरुपयोग, मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई संरक्षण आरोप लगाउँदै तिब्र आलोचना गर्नुभयो । उहाँले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्न सरकारले भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन । सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु–भिजिट भिसा प्रकरणमा कास्कीको लेखनाथ लिची बगैंचामा मुछिएकाहरु किन अझै पदमा छन् ? मानव बेचबिखनमा मुछिएकाहरुको किन सम्मानसहित स्वागत गरिन्छ । यो मौनता लाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो ।’

उहाँले मानव बेचबिखनमा संलग्न भएको आरोप लागेकाहरूको सम्मानसहित स्वागत भइरहेको विषयमा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गर्नुभयो ।