१५ भाद्र २०८३, सोमबार
,
Latest
पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’



अ+ अ-

काठमाडौं । भारत–उत्तर प्रदेशअन्तर्गत महाराजगञ्ज जिल्लाका पत्रकारहरूले नेपालमा परेको दुःखलाई आत्मसात् गर्दै भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार जम्मा गरेका छन् ।

भैरहवासँग जोडिएको सुनौलीलगायत सो जिल्लाका भारतीय पत्रकार सम्मिलित ‘महाराजगञ्ज प्रेस क्लब’ का तर्फबाट उक्त रकम प्रदान गरी घाइतेको स्वास्थ्य लाभको कामना गर्दै सक्दो सहयोगका लागि भारत सरकार र भारतीय जनतासँग अपील गरिएको छ ।

सो क्लबका अध्यक्ष एवं ‘जी न्युज’ भारतका वरिष्ठ संवाददाता अमित त्रिपाठीले सबैभन्दा नजिकको छिमेकी देश आपतमा परेको यस दुःखदको घडीमा साङ्केतिक रुपमा आर्थिक सहयोग गरी मानवीय धर्म निर्वाह गरेको बताउनुभयो ।

दैनिक भास्करका संवाददाता सुरेश त्रिपाठीले नेपाल र भारतबीच सदियौँदेखिको आत्मीय एवं भाइचाराको सम्बन्ध रहेको चर्चा गर्दै घनिष्ठ सम्बन्धसहित छिमेकी राष्ट्रका नाताले बाढीग्रस्त नेपाललाई यथासक्य सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो ।

यसैगरी, भारतीय पत्रकार सञ्जय जयसवालले नेपालको दुःखलाई भारतले आफ्नै दुःखका रूपमा लिने गरेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “अकल्पनीय बाढीका कारण नेपालीजनमा परेको दुःखले हामी भारतीयलाई पनि पीडा दिएको छ । यस विषम घडीमा भारतका नागरिक नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा छन् ।

आआफ्नो ठाउँबाट बाढीपीडितलाई सक्दो सहयोग गर्न सम्पूर्ण भारतीयजनमा अनुरोध छ ।”

आजै महाराजगञ्ज प्रेस क्लबको आयोजनामा सुनौलीमा भारतीय पत्रकार, बुद्धिजीवी, समाजसेवी एवं स्थानीय नागरिकको उल्लेख्य उपस्थितिमा बाढीबाट ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्तिदीप प्रज्वलन गरिएको थियो ।