१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै



फाइल फोटो
अ+ अ-

काठमाडौं । काभ्रेको नगरपालिकाले रसुवा बाढी प्रभावित नागरिकको उद्धार, राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३० लाख उपलब्ध गराउनेभएको छ ।

नगरप्रमुख रामशरण भण्डारीले विसं २०८१ असोज दोस्रो सातामा पनौती नगरपालिकाले बाढी तथा पहिरोको पीडा भोगेको स्मरण गर्दै भोटेकोशी बाढी प्रभावितलाई सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दुई वर्षअघि बाढी तथा पहिरोको पीडा भोगेका थियौँ । अहिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडामा सहयोग गर्ने निर्णय गरेका छौँ ।” उहाँका अनुसार, नगर कार्यपालिकाको आजको बैठकले उक्त उद्धार कोषमा रु ३० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।