१ भाद्र २०८३, सोमबार
,
Latest
विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री रमेशनाथ पाण्डेद्वारा रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यवद्धता



अ+ अ-

काठमाडौँ । पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका छन् । पाण्डे रास्वपाको कार्यालय वनस्थली पुगेर रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् ।

लामिछानेको पक्षमा देशभरबाट २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको रास्वपाले जनाएको छ । पार्टी मुख्यालय वनस्थलीमा मात्रै उपस्थित भएर हस्ताक्षर गर्नेहरूको सङ्ख्या ३६ हजार ५१० रहेको छ ।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई ‘राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको’ भन्दै आएको छ । त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाको भनाई छ ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए । त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो ।