१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । “आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली !”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेख्नुभएको छ ।

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव हुनुहुन्थ्यो । उहाँको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।