५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन

कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ।

भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कल

गर्न उक्त केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ। केन्द्रमा एक जनप्रतिनिधि र दुई कर्मचारी रहनेछन्।

विभिन्न कामका बारेमा जानकारी लिन वा दिन केन्द्रको फोन नं ०१– ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ। यस्तै विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालको फोन नं ९८४१३४९७३५ र मेट्रो एफएमका स्टेसन म्यानेजर केशवप्रसाद नेपालको फोन नं ९८४१२५०७८० मा पनि सम्पर्क गर्न सकिनेछ।

“बाढी सङ्कटग्रस्त क्षेत्रका आवश्यकता छिटो छिटो परिवर्तन भइरहेका छन्। आज अत्यावश्यक परेको वस्तु तथा सामग्री भोलि यथेष्ट हुन सक्छन्”, प्रभावित क्षेत्रबाट प्राप्त सूचना उद्धृत गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भनिन् “आवश्यकता र उपलब्धताको सन्तुलन मिलाउन केन्द्रमा प्राप्त हुने तथ्य तथा विवरणले व्यवस्थापनको चित्र देखाउनेछ।”

उनले एकीकृत विपद् प्रतिकार्यमा जोड दिँदै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह गरिन्। “जिन्सी सामान वा सेवा प्रदान गर्न चाहनेलाई स्थानी आवश्यकताका आधारमा प्रभावितसम्म पुग्नका लागि सहजीकरण गरिदिनेछौँ।”

कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपतमा परेका यात्रुलाई ल्याउन निःशुल्क यातायात, घाइते र बिरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शववाहन परिचालन भइरहेको जानकारी दिए।

वडाध्यक्ष हीरालाल तण्डुकारले महानगरपालिकाले अघि सारेको विपद् सङ्कट व्यवस्थापन कार्यलाई सहयोग पुर्याउन चालु आर्थिक वर्षमा आफूले प्राप्त गर्ने रु दुई लाख ४८ हजार प्रदान गर्ने बताउनुभयो। विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले वडास्तरबाट विवरण सङ्कलन गरिने बताए।

बाढीबाट उद्धार गरिएका दम्पतीलाई उपचारपछि मानव सेवा आश्रममा

यस्तै, महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट घाइते एक दम्पतीलाई उपचारपछि मानव सेवा आश्रम लगेको छ। सीमा भन्सार क्षेत्रमा मजदुरी गर्ने उनीहरूलाई आश्रममा लगिएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिए।

उनका अनुसार बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रितको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमलाई कामपाले सहयोग उपलब्ध गराएको छ। आश्रममा यस्ता व्यक्तिको मानवोचित व्यवस्थापन हुने गरेको छ।

आइतबार आश्रममा लगिएका दम्पतीको स्थायी बसोबास बाँके कोहलपुर हो। उनीहरू बाढीबाट बच्नका लागि हामफालेर भाग्दा घाइते भएका थिए। बाढीमा परेपछि उद्धार गरेर श्रीमान्लाई भदौ ११ गते दिउँसो र श्रीमतीलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो। दुवै जना घाइते हुनुहुन्थ्यो। उपचारपछि उनीहरू आइतबार बिहान डिस्चार्ज भएका थिए।