५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक

शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक
अ+ अ-

खोटाङ। केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लाग्ने भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका ११ आरोपितको नामावली जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार सार्वजनिक गरेको हो ।

शिक्षक राईको हत्या आरोपमा पक्राउ पर्नेमा एउटै गाउँ सुङ्देलका सागर कोयी राई, प्रतीक राई, निशान राई,सुशील राई, अमर राई, उमेश दुमीराई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई छन् ।

पक्राउ परेका उनीहरू सबैलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

आरोपितले शिक्षक राईलाई पुरानो रिसिइबीका कारण कुटपिट गरी हत्या गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । शिक्षक राईको यही भदौ ११ गते राति कुटपिटबाट हत्या भएको पुष्टि भएको थियो । भदौ १२ गते उनीहरूलाई पक्राउ गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटाको निम्नमाध्यमिक तहमा कार्यरत शिक्षक राई लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट हिँड्नुभएको थियो । सोही दिन साँझ उहाँ धार्मिक तथा पर्यटकीयस्थल सालपापोखरी पुग्नुभएको थियो । सामान्य विवादका क्रममा उहाँको हत्या भएको प्रहरीले जनाएको छ ।

शिक्षक राई र सुङ्देलकै माइकल भनिने निशान राईको बीचमा भदौ ११ गते साँझ सालपापोखरी नजिकै माबुमा लागेको धार्मिक मेलामा विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । पुरानो रिसिइबीको आधारमा माइकलसँग साँझ विवाद भएपछि उनैले राति योजनाबद्ध तरिकाले कुटपिट गरी शिक्षक राईको हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन् ।

मृतक राई र माइकलको बीचमा यसअघि पनि गाउँमा पटकपटक विवाद तथा झगडा हुँदै आएको छिमेकीले बताएका छन् । शिक्षक राईको हत्या आरोपमा एउटै गाउँका ११ जना एकैसाथ पक्राउ परेपछि गाउँमा तनाव सृजना भएको स्थानीयले बताएका छन् ।

खोटाङका शिक्षक राईको हत्या भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्नेछ । भोजपुरमा भएको घटनाका विषयमा थप अनुसन्धानका लागि आवश्यक सहयोग जिल्लाबाट गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो । रासस