१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठक: १८० केन्द्रीय सदस्यले धारणा राखे



file photo
अ+ अ-

काठमाडौं, ६ साउन । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा १ सय ८० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नु भएको छ ।

केन्द्रीय सदस्यहरूले धारणा राखेपछि आयोगका अध्यक्षहरूले बोल्ने क्रम सुरु भएको छ । उहाँहरूले बोलिसकेपछि प्रतिवेदन प्रस्तुत गर्ने नेताहरूले उहाँहरूका प्रतिवेदन माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

आयोगका अध्यक्षहरूलाई बोल्नको लागि ७ मिनेटको समय दिइएको छ । तीन वटा आयोगका अध्यक्षहरूले आफ्नो धारणा राखेपछि नेताहरूले बैठकमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको बैठकका सहभागी एक नेताले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको सवालमा २ सय ६४ वटा सवाल सङ्कलन गरिएको छ । त्यसका आधारमा पार्टीले धारणा बनाउने छ र विधान अधिवेशनमा त्यसलाई प्रस्तुत गरेर छलफल पछि पास गरिने छ ।

हिजो र आजको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन २०८४ मा जानु पर्ने बताउनुभएको छ ।

उहाँहरूले त्यसको लागि केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनु पर्ने धारणा उहाँहरूले राख्नु भएको छ ।