१ भाद्र २०८३, सोमबार
,
Latest
बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यसतो बताउनुभएको हो । उहाँले यसमा मन्त्री एक्लैले नसक्ने भन्दै सबै मिलेर वृहत कार्ययोजनासहित काम गर्नुपर्ने बताउनु भयो । उहाँले महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पाउने बताउनु भयो । विदेशमा श्रम गर्न गएका महिलाको समस्या समाधानमा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले समस्यामा परेका नागरिकको उद्धारमा सरकारले सधैँ प्राथमिकताका ासथ काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री एक्लैले केही गर्न सक्दैन । तपाईंहरु मिलेर वृहत गर्न सक्नुहुन्छ । महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पायो भने बाहिर जाँदैन । जो महिला विदेशमा श्रम गर्न जानुभएको छ । उहाँहरुलाई कठिनाइ भएको छ भने तपाईंहरुले जानकारी दिनुभयो भने त्यमसा दत्तचित्त भएर उहाँहरुको उद्धारको लागि लाग्नेछौँ । हुनतः यो काम श्रम, रोजगार मन्त्रालयको हो । तर महिला दिदिबहिनीको लागि मन्त्रालय सदैव तयार रहन्छ ।’

मन्त्री सुडीले विदेशमा रहेका महिलाहरुको उद्धार, व्यवस्था र सुरक्षित गर्न सरकार सदैव तयार रहेको बताउनु भयो ।