१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश श्रेष्ठ राप्रपा केन्द्रीय अनुशासन समितिको सदस्यमा मनोनीत



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिको रिक्त सदस्यमा दिनेश श्रेष्ठ मनोनीत भएका छन् ।

कार्यसम्पादन समिति सदस्य समेत रहेका भक्तपुरका श्रेष्ठलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम केन्द्रीय अनुशासन समितिको रिक्त सदस्यमा मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

अनुशासन समिति ५ सदस्यीय रहेको छ । समितिको रिक्त अध्यक्ष पदमा समितिकै वरिष्ठ सदस्य पार्टीकी वरिष्ठ उपाध्यक्ष रोशन कार्कीको मनोनयन केही दिनअघि भएको थियो ।