१ भाद्र २०८३, सोमबार
,
Latest
बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व सुनिश्चित गरेको सांसद भट्टराईको दाबी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले काँग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकमा राजनीति स्थायित्व सुनिश्ति गरेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टराईले राजनीतिक स्थायित्वले विकास र समृद्धिको बाटो खोलेको दाबी गर्नुभएको हो ।

अराजकता र राजतन्त्र पुनःस्थापनाका हर्कतहरूलाई सरकारको सफलताले रोक्न सफल उहाँको दाबी छ । सांसद भट्टराईले अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको बताउँदै आर्थिक संकटको खतरा टरेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकाले जनतामा सकारात्मक मनोविज्ञानको विकास भएको पनि बताउनु भयो । विद्युत उत्पादन र निर्यात तथा कानून निर्माणमा सरकारको महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायित्व मुलुकको लागि निकै चुनौतीको रुपमा खडा थियो । मुलुकमा शान्ती स्थापना तथा विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य हुन्छ । देशका दुई मुख्य दलहरु एमाले र काँग्रेस को सहमतिको सरकारले मुलुकमा स्थायित्व सुनिश्चित भएको छ । स्थायी सरकार र स्थायीत्वलाई मुलुकको ठुलो उपलब्धीको रुपमा लिन सकिन्छ । राजनीतिक अस्थिरता, अविकास, अराजकताले उत्पन्न गरेको सामाजिक निराशा, असन्तुष्टिको मात्रा केही हदसम्म घटेको देखिन्छ । देशमा विभिन्न अराजकतावादी समहूहरुले आगो सल्काइरहेका थिए । अहिले ती हर्कतहरु निमिट्याङ भएका छन । यसलाई सरकारको सफलताको रुपमा बुझ्न सकिन्छ । वर्तमान सरकारले व्यवस्था फालेर राजतन्त्र पुनःस्थापना गर्ने हर्कतहरुलाई उठ्नै नसक्ने गरी थला पार्ने काम गरेको छ । सरकारको यो महत्वपूर्ण राजनीतिक सफलता हो । सरकार व्यवस्थाको रक्षा र संविधान कार्यान्वयनका लागि प्रतिवद्ध भएर लागि परेको छ । अर्थतन्त्र लयमा फर्किएको छ । यसले जनतामा उत्साह पैदा गरेको छ । नेपाल आर्थिक संकटको खतराबाट जोगिएको छ । सरकारको यो सफलता देश र जनताको लागि खुशीको कुरा हो ।’

उहाँले राष्ट्रिय सभा कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै सबैले गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।