२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित News Polar कांग्रेस महाधिवेशन : कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन पारित News Polar मन्त्रिपरिषद्को बैठक जारी News Polar सन् २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने सरकारको लक्ष्य

शहरी विकासमा प्रकाशमानको वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे

शहरी विकासमा प्रकाशमानको वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
अ अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१—०८२ मा ९७ वटा स्वास्थ्य भवन निर्माण गरेको बताएको छ ।

मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०८१—०८२ मा अन्तर्राष्ट्रियस्तरको त्रि.वि. क्रिकेट स्टेडियममा प्यारापिट र फ्लड लाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ५ वटा सभा हल निर्माण, २१ वटा सरकारी कार्यालय भवन, ९७ वटा विद्यालय भवन निर्माण, ३२ वटा पार्क निर्माण, १३ वटा बसपार्क निर्माण, ५७ सार्वजनिक भवन निर्माण, २७८ किमी ग्रामिण सडक कालोपत्रे, ६१८ किमी शहरी सडक कालोपत्रे, २९६ किमि नाला निर्माण, २७८ वटा झोलुङ्गे पुल निर्माण, २२ वटा स्थानीय सडक पुल निर्माण, ५५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण, २.९ किमी तटवन्ध निर्माण, थप ९ वटा गाउँपालिका र नगरपालिका केन्द्रमा सडक पुगेको र ४ हजार ७ सय ४७ हेक्टरमा सिंचाई भएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयकाअनुसार गत आ.व.मा ११ हजार वटा सुरक्षित नागरिक आवास निर्माण गरिएको छ भने फोहोरमैला व्यवस्थापन गर्न हालसम्म २ वटा व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भइसकेको जनाएको छ । एउटा निर्माण भइरहेको बताएको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीले वर्षदिनको प्रगति ५८.०६ प्रतिशत रहेको बताउनु भयो । मन्त्रालयको विनियोजित बजेट ६८ अर्ब १४ करोड ३६ लख ६८ हजार १ सय २३ थियो । जसमा वित्तीय प्रगति ३९ अर्ब ५६ करोड ५२ लाख ७० हजार रहेको बताउनु भयो । शहरी विकास मन्त्रालयमा आयोजनाको प्रकृति अन्य मन्त्रालयको भन्दा फरक प्रकृतिको रहेको बताउनु भयो ।

२०८१—०८२ मा ७ हजार ४ सय ३५ वटा कार्यक्रम रहेकोमा ४ हजार ५ सय कार्यक्रम नयाँ रहेको बताउनु भयो ।