३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला



अ+ अ-

नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले राजनीतिमा उत्तारचढाव आइरहने भन्दै त्यसमै रमाउन सक्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा विपी आत्मवृतान्तका कथा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिमा हुने उत्तारचढावमा रमाउनसक्नेले नै राजनीति गर्न उचित हुने उल्लेख गर्नुभयो । आफू चिकित्सक भएपनि अहिले राजनीतिमा रहेको र यसमै रमाइरहेको बताउनु भयो । राजनीतिमा एउटा सोचे भन्दा फरक भइदिने बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘मान्छेहरु मलाई सोध्छन्, डाक्टर मान्छे, राजनीति गर्दैछौ, रमाइरहेका छौ ? म के भन्छु भने डाक्टरमा आफ्नो विज्ञान हुन्छ, आफ्नो हात हुन्छ अपरेशन गर्दा । राजनीतिमा सबै अन्योल हुन्छ । आफूले सोचेको एउटा बाटोमा त जान्छ, हुन्छ अर्को बाटो । जसले त्यो रमाउन सक्छ त्यसले राजनीति गर्नुपर्छ । हाम्रो बाटो त यो हो तर त्यहाँ गइसकेपछि अर्को बाटो आउँछ र त्यसैमा रमाउनुपर्छ ।’

सांसद कोईरालाले आफूले पनि पुस्तक लेख्ने प्रयास गरिरहेको बताउनु भयो ।