२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको पहिलो सोमबार आज पशुपतिनाथमा दर्शनार्थीको भीड



अ+ अ-

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ ।

साउन भगवान शिवको महिना मानिन्छ र सोमबार प्रिय बार भएकाले यस दिन पशुपतिनाथमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

यस दिन विशेषगरी आशुतोष भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

नेपालमा सौरमासअनुसार सोमबार ब्रत गर्ने परम्परा छ । तर पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवैअनुसार साउन महिनाका सोमबार विशेष भीड लाग्ने गर्दछ ।