१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत



अ+ अ-

चितवन: राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएको बङ्गलादेशी फोटो पत्रकारहरूको टोलीलाई आज चितवनमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन शाखाले हार्दिक स्वागत गरेको छ।

चितवन शाखाका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा होटल बिस्टा, चितवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा फोटो पत्रकार विकास पौडेल, सचिव रामु आचार्य, उपाध्यक्ष रामेश्वर रिजाल, सहसचिव निराजन घिमिरेलगायतको सहभागिता रहेको थियो। सो अवसरमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई फूलमाला लगाएर आत्मीय स्वागत गरिएको थियो।

परिचयात्मक कार्यक्रमपछि बङ्गलादेशी फोटो पत्रकार टोली चितवनको प्राकृतिक सौन्दर्य तथा वन्यजन्तुको अवलोकनका लागि जङ्गल सफारीमा सहभागी हुनुभएको छ।

नेपाल–बङ्गलादेशका फोटो पत्रकारबीचको मैत्रीपूर्ण सम्बन्ध, व्यावसायिक सहकार्य तथा पर्यटन प्रवर्द्धनमा यस भ्रमणले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।