काठमाडाैँ । नेकपा (एमाले)की सांसद यशोदाकुमारी बरालले सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई आह्वान गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।
उहाँले अपांगता भएका नागरिक र सुत्केरी महिला समेत खाना पकाउने ग्यासका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले ग्यास अभावको कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भएपनि सरकार नागरिकको समस्याप्रति संवेदनशील नभएको आरोप पनि लगाउनु भयो । उहाँले सरकारमा अलिकति पनि मानवता छैन ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले सरकारमाथि खबरदारी नपुगेको कारण सरकारको निरङ्कुशता बढ्दै गएको आरोप पनि लगाउनु भयो ।











