२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार



अ+ अ-

काठमाडौं। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत बम्पर उपहार विजेताको घोषणा गरेको हो। विभागका अनुसार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ता बम्पर उपहारका लागि छनोट भएका हुन्।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको हो। बम्पर उपहारबापत विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। उक्त पुरस्कार रकममा प्रचलित कानुनअनुसार २५ प्रतिशत कर लाग्नेछ।

करदाता प्रोत्साहन पुरस्कार योजनाले साना कारोबार गर्ने उपभोक्तालाई समेत औपचारिक तथा नियमसम्मत कारोबारमा सहभागी हुन प्रोत्साहित गरेको विभागले जनाएको छ।