४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ?

सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ?
अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तामाङले अर्थ मन्त्रालयले विदेशमा मृत्यु भएका नेपालीको शव व्यवस्थापनका लागि बजेट छुट्याइसके पनि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा राईको शव नेपाल ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले एउटै विषय लिएर मन्त्रीदेखि सचिवसम्मका ढोका चहार्नुपर्ने अवस्था आएको भन्दै प्रश्न गर्नुभयो, “एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोकामा चहारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ?”

सांसद तामाङका अनुसार सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन माग गर्दै आफूले ३७ दिनअघि प्रतिनिधि सभाको शून्य समयमा कुरा उठाउनुभएको थियो । तर, सदनमा विषय उठाए पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको गुनासो छ ।

“अर्थ मन्त्रालयले विदेशमा लासको व्यवस्थापन गर्न बजेट छुट्याएको आज दुई हप्ताभन्दा बढी भयो । तर बजेट कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आश गर्नसमेत छोडिसकेका छन्,” उहाँले भन्नुभयो ।

उहाँले बजेट विनियोजन भइसकेपछि पनि कार्यविधिको अभावमा नागरिकको शव ल्याउन नसक्नु विधिको शासनमाथि नै प्रश्न भएको बताउनुभयो । “बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय ?” उहाँले प्रश्न गर्नुभयो ।

धादिङको धुनीवेशी नगरपालिका–९, जुगेडी निवासी राई गत वर्ष भदौमा रोजगारीका सिलसिलामा भारत हुँदै कम्बोडिया पुग्नुभएको थियो । उपचारका क्रममा कम्बोडियाको काल्मेट अस्पतालमा भर्ना हुनुभएका उहाँको वैशाख २९ गते ‘हेमोरेजिक स्ट्रोक’ अर्थात् मस्तिष्कमा रक्तस्रावका कारण मृत्यु भएको थियो ।

आर्थिक अभाव तथा कानुनी प्रक्रियाका कारण उहाँको शव लामो समयदेखि कम्बोडियामै रहेको बताइएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले राईको शव नेपाल ल्याउने विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ।