१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुलिङ पिरियड’ मा एमालेका सांसदहरूले हालेको संशोधनप्रति शेखरको आपत्ति, भन्छन्ः संशोधन पास हुन दिनु हुन्न



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामाथि नेकपा (एमाले)का सांसदहरूले हालेको संशोधनप्रति आपत्ति जनाएका छन् ।

सरकारको नेतृत्वमा रहेको एमालेका सांसदहरूले विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामाथि राष्ट्रियसभामा हालेको संशोधनप्रति कोइरालाले आपत्ति जनाएका हुन् ।

गठबन्धन दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरित आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र भएको उनको आरोप छ ।

कोइरालाले सांसदहरूबाट संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्रमात्र नभई गठबन्धनलाई धोकासमेत भएको टिप्पणी गरेका छन् ।

कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ। गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरित यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्रमात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोको दिएको हो । ’

यो विषयमा कांग्रेसले एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने बताउँदै एमालेले हालेको संशोधन पास हुन नदिन सबैलाई आग्रह गरेका छन् । कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ। साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न।’

उनले एमालेले संशोधन हाले पनि संघीय निजामती विधेयकबाट कुलिङ पिरियड नहट्ने दाबी गरेका छन् । कोइरालाले भनेका छन्, ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही द्विविधामा नपरे हुन्छ।’