५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिलोकेश्वर महादेव मन्दिरमा भोलिदेखि एक महिने श्रावणी महोत्सव हुने



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने एक महिने श्रावणी महोत्सव एवं शिवपुराण तथा नारायणपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘नगरकोट भ्रमण वर्ष(२०८२’ को अवसर पारेर बागेहिटी संरक्षण समितिद्वारा यही साउन ५ गते सोमबारदेखि बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने श्रावणी महोत्सको तयारी पूरा भएको आज सञ्चारकर्मीलाई जानकारी दिइएको हो ।

नगरकोट भ्रमण वर्षको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय क्षेत्रको पहिचान एवं प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको श्रावणी महोत्सवमा सहभागी भई सफल पार्न चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सम्पूर्ण सर्वसाधारण तथा पर्यटकलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिका क्षेत्र पर्यटकीय प्राकृतिक दृष्टिकोणले सुन्दर मात्रै नभइ धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अद्भूत छ । यहाँको रत्नागिरि पर्वत, वडा नं १ देखि ९ सम्मका धार्मिक एवं ऐतिहासिक क्षेत्र, मठमन्दिर र शिवालय सुन्दर छन् । भ्रमण वर्षले यस्ता मठमन्दिर तथा सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा दिनेछ । साउन महिनामा प्रत्येक वडामा रहेका शिवालयमा लाग्ने मेलाको वडागत रूपमा प्रचार गर्न र सहभागी हुन नगरवासीमा आग्रह गर्दछु ।”

नगरभित्रका ऐतिहासिक, धार्मिक क्षेत्र, मठमन्दिरको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार काम भइरहेको नगरप्रमुख खत्रीले बताउनुभयो । तीन तले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसँगै साउन ५ गतेदेखि १७ गतेसम्म शिवपुराण ज्ञान महायज्ञको आयोजना हुने आयोजक मूल समारोह समितिका रमेश अधिकारीले जानकारी दिनुभयो ।

यही साउन ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने महोत्सवमा साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउदै उहाँले महायज्ञमा विदुषि वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने जानकारी दिनुभयो ।

उहाँले श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै धार्मिक पर्यटनको विकास एवं प्रचारप्रसारका लागि आयोजना गरिएको मेलामा भेटी तथा दानसमेत सङ्कलन गरिने जानकारी दिनुभयो । साउन ५ गते कलशयात्रा गरी महोत्सवको शुभारम्भ हुनेछ । रासस